गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या बढाउँदै
काठमाडौं, २४ असार । गर्भपतनले कानुनी रुपमा मान्यता पाएपछि यसको दर बढ्दै गइरहेको छ । जसले गर्दा यसको असर स्वरुप महिलामा मनोवैज्ञानिक समस्या पनि बढ्दै गएको प्रा.डा. मिरा हाडाले बताएकी छिन् ।
गर्भपतनको बढ्दो संख्यालाई रोक्न महिलालाई परिवार नियोजनको परामर्श दिनुपर्ने पनि उनले बताइन् ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले बल्खु स्थित बयोदा अस्पतालमा आइतबार आयोजना गरेको सन्डे क्लब डा. हाडाले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न सामाग्री महिला स्वास्थ्यमा झनै ठूलो असर पर्दै गएको जानकारी दिइन् ।
गर्भावस्थामा महिलामा देखा पर्ने विभिन्न रोगका कारण सल्यक्रियामार्फत महिलाको प्रसुति गराउने दर पनि बढेको बताइन् । हाल करिव ४७ प्रतिसत महिलामा सल्यक्रियामात्र मात्रै प्रसुती गराउने गरिएको छ ।
झन्डै तीन दसक भन्दा लामो सयमदेखि स्त्री तथा प्रसुती सेवामा समर्पित डा. हाडाका अनुसार पहिले पहिले महिलामा अज्ञानता कारण स्वास्थ्य समस्या हुने गरे तापनि हिजोआज महिला शिक्षित र सचेत भएकाले यस्ता समस्या घटेको बताइन् । यद्यपी कुनै पनि महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्यालाई कम गर्न सकिने उनले बताइन् ।
२०७२ सालको भूकम्पमा सिन्दुुपाल्चोकदेखि गोर्खासम्म गएर आफ्नो सेवा सुविधाले भ्याएसम्म निशुल्क क्याम्प गर्दै आएको बयोदाका मानव संशाधन विभाग प्रमुख निरज उपाध्यायले बताए । बयोदा अस्पतालमा मात्रै नभई अन्य अस्पताल र क्लिनिकमा पनि विवाह अगाडि नै गर्भपतन गराउन आउने युवतीको संख्या बढ्दै गएकाले यसलाई रोक्न पत्रकार महिलो आमालाई सचेत गराउनुपर्ने उनले बताइन् ।
विभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रममा डब्लुडब्लुजेकी अध्यक्ष अमिका राजथलाले संस्थाले गर्दै आएको सन्डे क्लब र यसको उदेश्यको बारेमा जानकारी गराइन् ।













