दुव्र्यसनी नियन्त्रणमा प्रहरी सक्रिय हुने : वडा प्रमुख सिंह

धनगढी, २४ असार । धनगढी उप–महानगरपालिकाका वडा प्रमुख वकिलबहादुर सिंहले दुव्र्यसनी नियन्त्रण गर्न प्रहरी सक्रिय भईरहेको बताए ।

अछामबाट कैलाली आएको एक महिनाको अवधिमा नगर भित्र भईरहेको अपराधिक क्रियाकलापको मूल समस्या दुव्र्यसनी नियन्त्रण गर्नुपर्ने रहेको पत्रकार भेटघाट कार्याक्रममा उनले बताए ।

उनले धनगढीमा लागु औषध सेवन गर्नेहरुको ठूलो जमात रहेको बताउदै नगर भित्र रहेका जंगली गाँजा नष्ट गर्ने, घरेलु मदिरालाई व्यवस्थित गर्ने, होटलहरुमा गैर कानुनीरुपले हुने गरेको यौन क्रियाकलापहरुलाई बन्द गर्न वडा प्रहरी कार्यालय कडम चालेको बताए ।

प्रमुख सिंहले घटना पछि हुने अनुसन्धानले मात्रै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न गाह्रो हुने बताउदै पैरबी र वकालतको कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।

उनले आफू कानुनको विद्यार्थी पनि भएकोले कानुन बमोजिम जस्तो सुकै अपराधलाई नियन्त्रण गर्न टोल टोलमा जनचेतना मूलक कार्यक्रमको आश्यक रहेको बताए । धनगढीमा अस्पताल छेउछाउको होटलहरु मध्ये रात सम्म बन्द नहुुनाले मदिरा सेवन बढेको उनले दाबी गरे ।

धनगढी उप महानगरपालिका भारतिय सिमासंग जोडिएको हुनाले चोरी पैठारी पनि यहाँको समस्या रहेको बताउदै सूचना पाउने वितिकै प्रहरी घटना स्थल पुग्ने प्रतिवद्धा व्यक्त गरे ।