धनगढी उप–महानगरपालिकाको १ अर्व ७९ करोड बजेट प्रस्तुत
धनगढी, २४ असार । धनगढी उप–महानगरपालीकाको आर्थिक बर्ष २०७५/७६ कालागि प्रस्तुत बजेट नीति तथा कार्यक्रम शनिवार बसेको नगरसभा बैठकले पारित गरेको छ ।
उप–महानगरपालीकाको असार १० गते बसेको तेश्रो नगर सभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुतभएको थियो । धनगढी उप–महानगरपालीकाले पत्रकार सम्मेलन मार्फत आर्थिक बर्ष २०७५/७६ का लागि १ अर्व ७९ करोड ३४ लाख बजेट बिनीयोजन गरेको जानकारी दिएको छ ।
नगर प्रमुख नृपबहादुर वडका अनुसार चालु तर्फ ८० करोड ४९ लाख र पूँजीगतखर्च ९८ करोड ८५ लाख रहेको छ । चालु खर्चमा समाजिक सुरक्षा कार्यक्रमको १६ करोड समेत समावेश गरिएकाले खर्च बढी देखिन आएको नगर प्रमुख वडले जानकारी दिए ।
बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषीमा आधुनिकीकरण तथा ब्यावसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम र सहकारीताको विकास, मानव संसाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायीक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतिक बिपद ब्यबस्थापनलाई प्राथमिकतामा पारेको छ ।
त्यसैगरी भादा गाउँहोम स्टेलाई थप प्रवर्दन गर्ने, थारु संग्रहालयलाई थप प्रवद्र्धन र निरन्तरता दिने, धनगढी बिमानस्थलको आगमन स्थलमा स्वागत गेट निर्माण गर्ने, नयाँ बसपार्क निर्माणका लागि सार्वजनिक निजी साझेदारी ऐन अनुसार संचालन गर्ने निति समेत नगरपालिकाले लिएको छ ।













