बाढी र पहिरोमा परी ५० को मृत्यू, १९ लाख प्रभावित

काठमाडौं, २४ असार । अबिरल वर्षासँगै जापानमा आएको बाढी र पहिरोमा परि ५० जनाको मृत्यू भएको । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोका कारण दर्जनौ व्यक्तिहरु बेपत्ता भएको र सयौं घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

वर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका स्थानबाट १९ लाख व्यक्ति प्रत्यक्ष प्रभावित भएको र उनीरुलाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ ।

टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा रहेको मोतोयामा नगर बाढी र पहिरोको चपेटामा परेको हो । सो क्षेत्रमा अझै भारी बर्षा भइरहेको छ । बाढीले सयौं घर भत्काएको छ भने करोडौंको क्षति पुगेको छ ।