हत्या प्रकरण : ‘चौथो व्याक्ति बलात्कार गर्नेबेला मायाले प्राण त्यागिन्’

धनगढी, २२ असार । असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षिया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा लास फेला परयो ।

सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विकको घटनामा संलग्न पाँच जना व्याक्तिलाई अनुसन्धानकोलागि पक्ताउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । पक्ताउ पर्ने गौरीगंगा नपा ११ शिबपुरका ३० वर्षिय गाणेश बडुवाल, २७ वर्षिय मनोज बेगटी, २१ वर्षिय सुरज चौधरी, २० वर्षिय भुवन खाती र १९ १९ वर्षिय तपेन्द्र बोगटी रहेका थिए ।

उनीहरुको वयान अनुसार मायालाई गणेश बडुवाल मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

विकलाई उसकै कपडाले हात खुट्टा बाँधेर चार जनाले सामुहिक बलात्कार गरेको बयान दिइएको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । विकलाई बलात्कार गर्नेबेला मुखभरि कागज कोचिएको कारण उनलाई साँस फेर्ना गाह्रो भएको बयान खुलेको घिमिरेले बताए ।

बलात्कार गर्ने चौथो व्याक्तिले सेक्स गर्नेबेला मायाले प्राण त्यागेको बलात्कारीहले स्वीकारेको धिमिरेले बताए ।

गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् । उनीसंगै काम गर्ने बडुवालले ८ गते नै मायालाई सेक्सेकोलागि प्रस्ताव राखेको थियो तर माया अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको बयानमा खेलेको एसपि धिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसै गरि असार ८ गतेका दिन प्रेमिका संग मिलेर आफ्नै श्रीमानको हत्या गरि भासु भिरमा फालेको गोदाबरी नगरपालिका ११ का लक्ष्मी बडैला र उनका प्रेमी दिपक खत्रीलाई पनि सार्वजनिक गरियो ।

लम्की चुहा नगरपालिका ९ का इन्द बहादुर चौधरी मदिरा सेवन गरि असार २० गते आफ्नै श्रीमति गर्भीदेवि चौधरीलाई सामान्य विवादमा फलामको कुतोले कुटपित गरेर ज्यान मारे घटना पनि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

एक महिना लगतार तीन वटा हत्या भएको घटनाले प्रहरीलाई गष्ती गर्नमा थप जिम्मेवार बनाएको धिमिरेले बताए । यी सबैलाई कतव्य ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने बताए । साथै मायालाई बलात्कार गर्ने पाँच जनालाई बलात्कारको उद्योगसंगै ५ देखि ७ वर्ष जेल सजाई र सामुहिक बलात्कार गरेमा थप ५ वर्ष सजाय हुने धिमिरेले जानकारी दिए ।