नाष्ट माध्यमिक विद्यालयलाई शिक्षा सेवा सम्मान

कैलाली, २२ असार । नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) माध्यमिक विद्यालय ‘शिक्षा सेवा सम्मान २०७५’ बाट सम्मानित भएको छ ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौंमा फोकस नेपालद्वारा आयोजित एक समारोहका बिच विद्यालयलाई सम्मानित गरिएको हो । देशभरका निजी माध्यमिक विद्यालयहरु मध्ये नाष्ट माध्यमिक विद्यालय उत्कृष्ट हुन सफल भएकोले विद्यालयलाई सम्मानित गरेको नाष्टका निमित्त क्याम्पस प्रमुख जयदत्त भट्ट जानकारी दिए ।

पूर्व प्रधानन्यायधिश खिलाराज रेग्मी नाष्ट व्यवस्थापन समितिका सदस्य डा। सुशिला मल्ललाई उक्त सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

उक्त सम्मान पत्रमा पर्याप्त भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन, समयानुकुल प्रतिस्प्रधात्म र गुणस्तरीय शिक्षा दिन सफल, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र विगतको नतिजालाई आधार मानी देशभरका निजी मावि मध्ये नाष्ट उत्कृष्ट माविको रुपमा सफल भएको उल्लेख गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं। ४ उत्तरबेहडी स्थित नाष्टमा प्लस टु अन्र्तगत साइन्स, म्यानेजमेन्ट विषयको पठनपाठन हुन्छ । भने स्नातक तह तर्फ बी।ई। सिभिल, बी।ई। कम्प्युटर, बी।सी।ए। र बी।बी।ए। विषयको पढाई हुन्छ ।