मृत अवस्थामा भेटिएकी मायाको घटना अनुसन्धानमै
धनगढी, २१ असार । असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी माया विक को १५ गते गौरीगंगा नगरपालिका पञ्चवटी सामुदायक बनमा लास फेला परेको थियो । विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका छन् ।
बिकको शब घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो । बीच जंगलमा दोपट्टाले घाँँटी र सुरुवालले दुवै हात पछाडि बाँधिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो ।
गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।
घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शब भेटिएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
विकको हत्या भएको ९ दिन पुगि सक्दापनि घटना अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए । उनले शंकास्पद व्याक्तिलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको बताए ।
विकको मोवाईल साविक बौनिया गाविसको रानीकुण्डाको एक यूवकसंग भेटिएपछि आज सो युवकलाई पनि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताइएको छ । घटनामा संलग्न रहेको आशंकमा ४ जनालाई प्रक्राउ गरेको प्रहरी उपरिक्षक ओलीले बताए । उनले घटनाको छानविन भईरहेको बताउदै दोषी पत्ता लाग्ने वित्तिकै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए ।













