ओली र प्रचण्ड जनता मारा हुन्ः डा. केसी
१९ असार, जुम्ला । अनसनरत् डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो र आफ्नो मान्छेको भुडी भर्ना सार्वजनिक पदको दुरुपयोग गरिहरेको बताएका छन् । प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल जनता मारा नेता भएको बताउँदै डा. केसीले आफ्नो भुडी भर्न सार्वजनकि पदको दुरुपयोग गरिरहेको बताए ।
जुम्मा १५ औं पटक आमरण अनसन बसिरहेका डा. केसीले प्रधानमन्त्री ओली र शिक्षामन्त्री गिरिराजमणी पोखरेल र स्वाथ्यमन्त्री उपेन्द्र यादवले दलाल र माफियाको लागि काम गरिरहेको आरोप लगाए ।
संचारकर्मीसँग कुरा गर्दै डा. केसीले आफूले अनसन कहिले तोड्ने भन्नेबारे ओली, प्रचण्डलाई साध्न बताए । “ओलीलाई सोध्नुस्, प्रचण्डलाइ सोध्नुस्, यिनीहरू जनतामारा हुन । लेख्नुहोस् ओलीजी माफिया र आफ्नो भुँडि भर्नका लागि परेका छन र आफ्नो पदको दुरूपयोग गरिरहेका छन् तर म सर्बसाधारण जनताको लागि लडिरहेको छु सर्वसाधारणको अभिव्यक्तिको लागि लडिरहेको छु र लडिरहने छु” डा. केसीले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा अनसन बस्न जुम्मा पुगेका केसी जुम्ला पुगेका थिए । तर,सरकारले अवरोध गरेपछि कवर्ड हलमै अनसन बसिरहेका छन् ।
डा. केसीको हेरचाहमा खटिएका चिकित्सकहरूले हेरचाह गर्न छोडेका छन् । उनको स्वास्थ्य विग्रँदै गएपछि हेरचाहमा खटिएका कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका हुन । चिकित्सकहरुले कवर्ड हलमा रहँदासम्म डा. केसीको स्वास्थ्यको जिम्मा स्थानीय प्रशासनले लिनुपर्ने बताएका छन् ।













