सुख्खा खडेरीको बिचमा धान दिवस, कैलालीमा ४० प्रतिशत मात्रै रोपाई
धनगढी, १५ असार । आज धान दिवस । देशभरि रोपाई गरेर दिवस मनाई रहँदा कैलालीमा अकाशे पानीको भरमा खेति गर्ने किसानहरुलाई दिवस खासै छुन सकेन ।
एक महिना अगाडी नै बेर्ना छरेका किसानहरु पानी नपरेपछि चिन्तित देखिन्छन् । कैलारी गाउँपालिका वडा नं. ७ स्थित हरियाली महिला समुहका लेखा शाखाका संयोजक कल्पना चौधरी भन्छिन् ‘१० दिन अगाडी नै तयार भएको बेर्ना अकाशे पानीको भरपर्दा पर्दै रोपाईमा ढिलो भयो ।’

उनले बेर्ना छिप्पिएपछि राम्रो उत्पादन नहुने बताउदै भनिन् नहर, खोलानाला, नदीको पानी पनि सुकिसक्यो, बोरिङको भरले केही रोपाई गरेपनि रोपेको खेत पुनः सिचाई गर्नुपर्ने अवस्था छ । तेलको अभावसंगै खर्चपनि अरुको वर्ष भन्दा बढि नै रहेको उनले बताईन् ।
उनले थपिन बेर्ना कलिलो भए राम्रोसंग लाग्छ र फलपनि राम्रो दिन्छ । तर यो वर्ष महंगो बिउ किनेर पनि राम्रो फलाउन सकिने हो कि ! होईना भन्ने चिन्ता व्याक्त गरिनन् ।
उनी हरियाली महिला समुहले धान खेति ब्लक लिएर खेति गरिरहेको बताउदै सरकारले खेति योग्य जमिनमा नियामित पानी बग्ने नहरको व्यवस्था गरिदिए किसान खेति तर्फ उत्साहित हुने अपेक्षा व्यक्त गरिन् ।
पानी नपरेपछि रोपाई गर्ने आलि बाहेक बाँकि आलि धुलामय छन्, भने रोपेको आलिमा पनि पानी नपरेर डरार परिसकेको छ । जसले गर्दा किसान समयमै पानी नपरेपछि उब्जनी नै घट्ने हो कि भनने चिन्ता व्यक्त गरे ।
दिवस मनाउ कैलारी गाउँपालिकाको हरियाली महिला समुह पुगेकी भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले किसानहरुलाई परम्परागतरुपले गर्ने खेति भन्दा पनि आधुनिक खेति गर्न किसानहरुलाई सल्लाह दिए ।

उनले अकाशे पानीको भरमा अब परम्परागत रुपले खेति गर्न उपयुक्त नरहेको बताउदै राज्यले पनि किसानहरुलाई सुख्खा खडेरीबाट जोगाउन साना मझौला र ठूला सिचाईको व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् ।
मन्त्री चौधरीले किसानहरुलाई खेति तर्फ प्रोत्साहन गर्न सरकारले समयमै खाद मल, बीउ, सिचाई उपलब्ध गराउनु पर्ने बताईन् ।
कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख यज्ञराज जोशीले कैलालीमा असार १५ सम्म पनि ४० प्रतिशत मात्रै रोपाई सम्पन्न भएको बताए ।
उनले धान रोप्ने अबधि असार महिना भरि भएपनि असार मध्य सम्म ६० देखि ७५ प्रतिशत सम्म रोपाई सक्नुपर्ने अवस्था भएपनि अकाशे पानीको पर्खाईमा रोपाई हुन नसकेको बताए । कैलालीमा रोपाईको गतिले गतको वर्षमा भन्दा यो वर्ष उब्जनीमा ह्रास आउने संकेट देखिएको उनको भनाई थियो ।
उनले बेर्ना राखेको २० दिनमा रोपाई गरे उत्पादन उपयुक्त हुने बताउदै अब किसानहरुलाई आधुनिक तिर लैजान जरुरी रहेको बताए ।













