विकासको संवाहक युवा : नृप वड

धनगढी १४ असार । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड विकासको संवाहक युवाहरु नै रहेको बताएका छन् । धनगढीमा विहीबार युवा कार्य नेपालद्धारा आयोजित ‘स्थानीय विकासमा युवा सहभागिता हाम्रो चासो’ विषयक अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् ।

उनले समाज विकासको काममा युवाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताउदै उपमहानगरपालिकाले युवाले चाहे अनुसारको लगानी लगाई विकसमा प्रभाबकारी हुने नीतिगत योजना बनाउना लागेको बताए ।

नगरपालिकाले हाल सम्मा युवाहरुको नाममा थुप्रै लगानी लगाएपनि युवाहरु नै सक्रियता नदेखाएको कारण योजना प्रभाकारी हुन नसकेको गुनासो गरे । ‘समाजमा हुने विकास योजनाको गुणस्तरीय कामको मुल्याकन गरि खबरदारी गर्ने पालो युवाहरुकै हो,’ मेयर वडले भने ।

तर कहिले काही युवा नै झरमुराएको जस्तो भान भईरहेको महशुस हुने गरेको बताउदै अब युवाहरु जग्नै पर्ने बताए । उनले युवाका हितमा काम गर्न नगरपालिकाले थुप्रै कार्य गरीरहेको जानकारी समेत गराए ।

उप–महानगरको कार्य भनेको योजना दिने भएकोले योजना छनौट गरि काम गर्ने अधिकार युवाहरु रहेको बताए ।

कार्यक्रममा इन्सेक धनगढीका संयोजक खडकराज जोशीले युवाहरुले अधिकार मागेर केही नहुने कर्तव्य पनि निभाउन आवश्यक भएको धारणा व्यक्त गरे । धनगढीका विभिन्न वडाबाट सहभागि युवाहरुले युवाका पक्षमा काम गर्न उप–महानगरसंग आग्रह गरेका थिए ।

युवाका लागि हरेक वडामा बजेट भए पनि त्यसको सदुपयोग नभएको जोशीको आरोप थिए । कार्यक्रममा सहभागिहरुले युवाहरुलाई विभिन्न शिर्षकमा तालिम दिलाएर मात्रै प्रभाकारी नहुने बताए । युवाहरुलाई विकाससंग सम्बन्धीत विषयहरुमा पैरबी वकालत पनि गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपालमा पढाई भईरहेको शिक्षा नीति परिमार्जन गरि अहिलेको युवाहरुले खोजिरहेको शिक्षाको विकास गर्न आवश्यक रहेको सहभागिहरुको जिज्ञासा थियो । कार्यक्रमको सहजीकरण युवा कार्य नेपालका अध्यक्ष लेखनाथ निरौलाले गरेका थिए ।