प्रदेश ७ का मुख्यमन्त्री भट्टको स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको स्वास्थय अवस्था सुधारोन्मुख भएको स्रोतले बताएको छ । बिहीबार (आज) विहान सवा ९ वजे धनगढी स्थित सेति अञ्चल अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । अञ्चल अस्पतालमा कार्यरत फिजिसियन डाक्टर किरण खनाल अल्ट्रासाउण्ड विषेशज्ञ हेमराज पन्त मुख्यमन्त्री भट्टको उपचारमा संलग्न थिए ।

“मुख्यमन्त्री ज्युको भिडियो एक्सरे गरियो, त्यस्तो खास समस्या केहि देखिएन, दौड धुपबढि भएको र खानपान समयमा नहुदा स्वास्थ्यमा समस्या आएको हो” उपचारमा संलग्न डाक्टर खनालले भने ।

हिजो उनको रगत र पिसाव पनिजाँच गरीएको थियो खनालले भने उक्त रिपोर्टमापनि केही देखिएन । डाक्टरहरुले मुख्यमन्त्री भट्टलाई केही दिन आराम गर्न सुझाव दिएको निजी सचिवालयले जनाएको छ ।

चेकजाँच पश्चात मुख्यमन्त्री भट्टले अस्पतालको समग्र अवस्थाबारे डाक्टर सँग जिज्ञासा राखे । आवश्यक दक्ष जनशक्तिको अभाव भएकोले उपचारमा केही कठिनाई भए पनि आफुहरु लागि परेको डाक्टरहरुले बताए ।

जवाफमा मुख्यमन्त्री भट्टले अञ्चल अस्पताल प्रदेश सरकार मताहत आइसकेकाले थप व्यवस्थापनका लागि गम्भिर भएर लाग्नुपर्ने बताए ।

गर्मी मौसममा बिरामीको चाँप बढिहुने भएकोले स्वास्थ्य उपचारमा बिशेष ध्यानदिन मुख्यमन्त्री भट्टले डाक्टरहरुलाई निर्देशन समेत दिए । मुख्यमन्त्री भट्टको स्वास्थ्यमा मंगलवार बेलुका देखि समस्या आएको थियो ।