स्थानिय सरकारले थारु पत्रकारहरुको समस्या सम्बोधन गर्नुपर्छ

कपलिबस्तु १० असार । सबै स्थानीय सरकारले थारु पत्रकारहरुको समस्या सम्बोधन गर्नुपर्ने थारु पत्रकार सघं नेपाल केन्द्रिय अध्यक्ष मदन चौधरीले बताए । जनप्रतिनिधि सम्मान तथा थारु समुदायको विकासकालागि स्थानीय तहको भुमिका विषयमा बाणगंगा ४ गजेहडाको वि पि स्मृति भवनमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले थारु पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि स्थानीय तहले समन्वय गर्दै थारु पत्रकारहरुको सम्र्बदन गर्नुपर्ने बताए ।

उनले जनसंख्याको आधारमा थारु चौथो स्थानमा रहे पनि सरकारले थारुहरुको क्षमता अभिबृद्धिको लागि ठोस कदमन नचाल्नु दुखद रहेको तर्क दिए ।

त्यस्तै कार्यक्रममा बाणगंगाका नगरप्रमुख मंगल प्रसाद थारुहरुलाई एकजुट हुन ०७५।०७६ को बजेटमा थारु उत्थानको लागि कार्यक्रम ल्याउने बताए । उनले आगामी दिनमा थारु पत्रकार सघंसगं सहकार्य, समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउए ।

कार्यक्रममा पुर्वसांसद विश्राम प्रसाद थारुले जातीको जातजातीको उत्थानका लागि स्थानीय सरकारले स्पष्ट नीति बनाउनु पर्ने बताए ।

कार्यक्रममा सहभागि थारु अगुवाहरुले थारु समुदायको भाष, कला, संस्कृति संरक्षण तथा प्रर्वद्धनका लागि स्थानीय तहले महत्वपुर्ण भुमिका खेल्नु पर्ने माग राखे समाज अध्यक्ष दोलख बहादुर पछाई, पत्रकार महासंघ कपिलबस्तुका उपाध्यक्ष पार्वती पाण्डे लगायतले कार्यक्रममा बोल्दै आफनो भेषभुष कला संस्कृति जोगाई राख्न स्वयंम थारु समुदाय सचेत हुनुपर्ने , शिक्षा स्वास्थ्य र संस्कृतिको लागि थारु अगुवा स्थानिय सरकार संग समन्वय गर्दै अघि बढनु पर्ने सुझाब दिएका थिए ।