हानिकारक अभ्यासलाई न्यूनिकरण गर्न पत्रकारहरु सम्बेदनशिल हुन आवश्यक

धनगढी, १० असार । हानिकारक परम्परागत अभ्यासलाई न्यूनिकरण गर्न सञ्चारकमीको महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रममा बताइएको छ ।

लैगिंक संम्बेदनशिलताका सवालमा सञ्चारकर्मीलाई नेतृत्व विकास तालितमको उद्घाटन समारोहमा सो कुरा बताइएको हो । धनगढीमा शुरु भएको तीन दिने तालिममा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ओरेक नेपाल र क्रियाशील पत्रकार महिलाको संयूक्त आयोजनामा सो तालिम सञ्चालन भइरहेको छ ।

तालिममा ओरेक नेपालका संयोजक विनु रानाले कैलालीको मिडिया हाउसले महिलाहरुको सवाललाई उजागर गर्दै आइरहेको बताउदै हानिकारक परम्परागत अभ्यासलाई न्यूनिकरण गर्न अझ सम्बेदनशिल भए प्रभावकारी हुने बताए ।

उनले कैलालीमा महिलाहरुको सवालमा थुप्रै मुद्धाहरु जडो गडेर बसेको बताइन् । त्यस्ता सवालमा सम्बेदनशिल भएर कलम चलाउन सो तालिमले सहज बनाउने अपेक्षा लिएको उनको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमिद बाग्चन्दले हानीकारक अभ्यासलाई न्यूनिकरण गर्न पत्रकारहरु स्पष्ट धारणा बनाउन आश्यक रहेको बताए ।

उनले कैलालीमा बालविबाह, छाउपडी प्रर्था, बोक्सी प्रथा, छुवाछुत जस्ता प्रथाका नामबाट कुरिति जन्य हिंसा बढ्दै गईरहेको बताए । यस्ता कुरितिलाई निरुत्साहित गर्न सकारात्मक सोचमा परिवर्तन गर्न जरुरी रहेको प्रशिक्षक बाग्चन्दको भनाई थियो ।

उनले पत्रकारहरु रिपोटिंग गर्ने क्रममा एकदमै सम्बेदनशिल भएर सजकता अपनाउनु पर्ने बताए । पत्रकारले काम गर्ने सन्दर्भमा आफूले तयार पारेको डायरी, लेखेको फाईल, फोटो सुरक्षित राखे बलियो प्रमाणको अधार बन्न सक्ने बताए । तालिममा कैलालीका विभिन्न सञ्चार माध्यममा आवद्ध २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।