नवलपरासीमा थारु पत्रकार गठन, पदाधिकारीमा सबै पत्रकार महिला

नवलपरासी, ९ असार । नवलपरासी (पश्चिम)मा थारु पत्रकार संघ नेपाल गठन भएको छ । जुन थारु पत्रकार संघ नेपालको १६औं शाखा विस्तार भएको हो ।

रेडियो परासीमा कार्यरत पत्रकार रेनुका चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको शाखामा कार्यसमितिका सबै पदाधिकारीमा महिला पत्रकारहरु चयन भए ।

संघका केन्द्रीय अध्यक्ष मदन चौधरीको प्रमुख आतिथ्यमा भएको भेलाले उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा प्रतीमा चौधरी, कोषाध्यक्षमा सन्ध्या महतो निर्विरोध चयन भए ।

त्यस्तै सदस्यमा सुनैना चौधरी, शान्ति चौधरी, विमला चौधरी, अमृता चौधरी छन् । नयाँ कार्यसमितिले एक जना सदस्य मनोनित गर्ने जनाएको छ । भेलाले सोनकली चौधरीलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष चौधरीले थारु पत्रकार संघ नेपालले थारु पत्रकारको हकहितमा काम गर्नुको साथै थारु समुदायको भाषा, संस्कृति, रहन सहन, भेष भुषा प्रवर्द्धन र थारु समुदायमा रहेका विभिन्न मुद्दाहरुको उठान गर्दै आएको बताए ।

कार्यक्रमा थारु अगुवा पुरन प्रसाद चौधरीले थारु समुदायमा रहेका मुद्दाहरुलाई थारु पत्रकारहरु बिशेष महत्वका साथ उजागर गर्नु जरुरी रहेको बताए ।

त्यस्तै थारु वकिल रमेश चौधरीले पत्रकारहरु समाजको ऐना बन्नुपर्ने बताए । उनले पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै समाजका कूरिति कूप्रथाहरुलाई हटाउनमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । थारु लेखक संघका सदस्य बालिका चौधरीले समाजमा महिलाहरु काम गर्न गाह्रो भएपनि हरेक समस्यालाई समाधानको पातोस.ग जोड्ेर अगाडी बढ्नुपर्ने बताइन् ।