परियोजना समिक्षा बैठक सम्पन्न

धनगढी, ५ असार । समुदायमा अधारित श्रम बजार सूचना तथा रोजगार सेवा (षिभ) परियोजनाको समिक्षा बैठक मंगरबार सम्पन्न भएको छ ।
ओरेक नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, घोडाघोडी नगरपालिका, लम्की चुहा नगर पालिका र टीकापुर नगरपालिकामा सो परियोजना सञ्चालन गर्दै आईरहेको छ ।

परियोजनाले रोजगारी सूचना फारम संकलन गर्ने, जनशक्तिको तथ्यांक संकलन, रोजगारी सूचना केन्द्रबारे जानकारी गराउने, रोजगारीको लागि सहजीकरण गर्ने जस्ता काम गर्दै आईरहेको ओरेक नेपालका कार्यक्रम संयोजक अनिता उपाध्यले जानकारी दिईन् ।

उनले समुदायमै गएर समुह छलफल गर्ने, घरदैलो र पुनः घरभेट, समुहलाई जीवन उपयोगी सीप सम्बन्धी अभिमूखिकरण, सीपमूलक तालिमबारे सहजीकरण, बैदेशिक रोजगारीमा गएका परिवारसंग छलफल गर्ने गरेको बताईन् ।

परियोना सञ्चालन गर्ने क्रममा उनले विभिन्न खाले चुनौतिको सामना गर्नुपर्ने बताउदै स्थानीय सरोकारवालाहरुबाट राम्रो सहयोग प्राप्त गरेको बताईन् ।

परियोजनाले छ महिनाको अवधिमा बेरोजगार सूचना फारम संकलनमा ६०२ जना थिए भने रोजगार प्रदायकहरुको फारम संकलनमा १७९ जना थिए । जसमा लामो र छोटो अवधि गरि ९८ जनालाई रोजगारीमा पाएका छन् । ६६ महिला ३२ पुरुष रहेको बताईन् ।

समिक्षामा बैठकमा श्रम तथा रोजगारका जयदेब विष्टले नेपालमा श्रम अनुसारको ज्याला नभएको कारण यूवाहरु विदेशिने गरेको बताउदै नेपालमा रोजगारदाताहरुले दक्ष कामदार नपाएको गुनासो आउन पनि नछोडेको बताए ।

उनले कामदार र रोजगारदाता विचको सूचना सञ्चारको अभाव भएको कारण यस्ता समस्या आईरहेको बताए ।

त्यस्तै व्यवसायीक परामर्श तथा तालिक केन्द्रका प्रमुख झुमा अधिकारीले बजारमा दक्ष कामदार भएपनि सूचना अभावको कारण सेवाग्रही सम्म पुग्न नसकेको बताए ।

उनले रोजगार सूचना केन्द्रलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले उद्यमशीलताहरुलाई व्यवसायी छनौटको लागि सहि परामर्श गराई उपयूक्त पेशा छनौट गर्न सक्ने सक्षम बनाउन आवश्यक रहेको बताए ।

छलफलमा रोजगारी दाता, उद्यमशीलता र रोजगार प्रदायक संस्था बिचको समन्य र सहकार्य गर्न पनि आवश्यक रहेको सहभागीहरुले बताए ।