प्रदेश–७ को बजेट : महिला सशक्तिकरणमा १ करोड ८० लाख

धनगढी, २ असार । प्रदेश–७ सरकारले आर्थिक वर्ष २०७५÷०७६ को लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट प्रस्तुत भएको छ जसमा ‘महिला सशक्तिकरण कार्यक्रम’ सञ्चालनको लागि रु १ करोड ८० लाख रुपैया मात्रै विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आज प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट २५ अर्ब ६ करोड ५६ लाख १४ हजारमा चालु तर्फ १३ अर्ब ३५ करोड ८ लाख एक हजार र पूँजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार बिनियोजन गरिएको थियो ।

आर्थिक र सामाजिक रुपमा शहिद परिवार, विपन्न, एकल महिला, बादी, दलित, आदिबासी जनजाती, थारु, मुस्लिम, सिमान्तकृत, बञ्चितिकरणमा परेका व्याक्ति, अपांगता भएका व्यक्ति, कम्लहरी, द्धन्द्ध पीडित, जोखिम अवस्थामा रहेका महिलाहरुको रोजगारी, उद्यमशीलता, क्षमता विकास तथा द्धावरीका देवी ठकुरानी ‘महिला सशक्तिकरण’ का लागि सो रकम विनियोन गरिएको हो ।

महिला सशक्तिकरणमा यो रकम अपुग भएको बताउदै महिला सांसद पूर्ण जोशीले द्धावरीका देबी ठकुरानीलाई अभियानमा जोडिएर रकम छुट्याउन शुरुवाट गरिएको बताईन् ।

उनले द्धावरीका देबी आफैपनि राजनीतिक क्षेत्रमा ठूलो योगदान दिएकोले उहाँको सम्मानको लागि यो रकम विनियोजन गरिको हो । तर यति रकमले नै महिलालाई भने पुग्दैन ।

उनले प्रदेशको समग्र बजेटले पनि कहि न कहि महिलालाई समेत्न सकिने बताउदै अर्को वर्षको लागि यो बजेट सिकाईको रुपमा लिन सकिने बताईन् ।