प्रधानमन्त्री र गृहमन्त्रीलाई नागरिक समाजको ज्ञापन पत्र
धनगढी, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी मार्फत कैलाली जिल्लाका नागरिक समाज संघसंस्थाले आज (शुक्रबार) ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयबाट जेठ २५ गते संघ संस्थालाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सुचना प्रति नागरिक समाजको ध्यानकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।
नेपालको लोकतान्त्रीक आन्दोलन र मुलुकको बिकासका लागि संघसंस्थाले योगदान गरेको सकारात्मक पक्षहरुको नजरअन्दाज गर्दै गृहमन्त्रालयबाट जारी भएको परिपत्र मानवअधिकार,मौलिख सिद्धान्तहरु, नेपालले प्रतिबद्धता जनाएका अन्तराष्ट्रिय महासन्धीहरु र नेपालको संबिधानको धारा १७ अन्र्तगत संघसंस्था खोल्ने स्वतन्त्रताको बिरुद्धमा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
लोकतन्त्रका आधारमुत मान्यता माथी नै प्रश्नचिन्ह खडा गरेको र संस्थाको कार्यक्षेत्र नियन्त्रण गर्ने, संस्थाको खारेजी गर्ने, अनुपयुक्त समयमा नबिकरण गराउने जस्ता उल्लेखित परिपत्रले सामाजिक सेवामा क्रियाशिल आधारभुत संस्थाहरु बन्द गर्ने नियत लुकेको भन्दै मन्त्रालयको यो प्रबृतिको हामी खेद व्यक्त गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।
नागरिक संगठनहरुको स्वतन्त्रताको सुनिश्चित गर्नका लागि उक्त सुचना तत्काल फिर्ता गरि हामी नागरिक संस्थाहरुको तर्फबाट जोडदार माग गर्दछौ ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
गैरसरकारी संस्था महासंघका प्रदेश नम्बर सातका उपाध्यक्ष देवी खनाल र कैलाली जिल्लाका अध्यक्ष हेमकर्ण बिक एफएमडिसीका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीत बागचन्द,ईन्सेकका प्रदेश नम्बर सातका संयोजक खड्कराज जोशी लगाएत अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।














