जागरण नेपालले पञ्चदेवलमा नमूना कानूनको प्रारम्भिक खाका पठायो

अछाम, १ असार । जागरण नेपालका नेतृत्व विकास परियोजना संयोजक पूर्णकला राईले अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुख देवराज देवकोटालाई ऐनको प्रारम्भिक खाका हस्तान्तरण गरे ।

जागरण नेपालको आयोजना तथा विकास साझेदार संस्था डिसिएको आर्थिक सहयोग मामंगरबार सो गाँउपालिकामा स्वास्थ्य तथा सरसफाई र पूर्वाधार व्यवस्थापन विषयक प्रारम्भिक खाका ऐन हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा सरसफाई र पूर्वाधार व्यवस्थापन विषयक प्रारम्भिक ऐनको प्रारम्भिक खाका हस्तारणतरण गरिएको हो ।

कार्यक्रममा नगर उप प्रमुख अम्विका कूमारी चलाउने, प्रमुख प्रशाकिय अधिकृत लक्ष्मिकान्त वजगाँई, स्वास्थ्य शाखा प्रमुख तथा अन्य कर्मचारीहरु उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख देवकोटाले पालिकालाई आवश्यक कानूनको प्रारम्भिक खाका तयार गरि प्रदान गरेकोमा संस्था प्रति आभार व्यक्त गरेका थिए ।

उनले संविधानमा उल्लेखित स्वशासीत अधिकारको उपयोग गर्न स्थानीय सरकारको कानून वनाउने तथा कार्यान्वयन गर्ने अधिकारको सुनिश्चिततामा संस्थाले प्राविधिक सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

आगामी दिनमा विषय विज्ञहरु तथा सम्वन्धीत समितिहरुसँग समेत यस नमूना कानूनको खाकामा विस्तृत छलफल गरि यस कानूनलाई पूर्णता दिने देवकोटा बताए ।

नमूना ऐनको विषय वस्तु तथा खाकामा बुँदागत छलफल गरिएको थियो । उक्त खाका ऐन तयार गर्नको लागि सामुदायिक अनुसन्धान केन्द्र काठमाडौसँगको सहकार्य गरिएको आयोजकको भनाई छ ।