नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

धनगढी, ३१ जेठ । नेविसघ र तरुण दलले आज (बिहिबार) धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाईयोको छ ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ र तरुण दलको संयुक्त आयोजनामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको कार्यालयबाट निकालिएको बिरोध जुलुस एल एन चोकमा आएर प्रधानमन्त्रीको पुत्ला दहन गर्नुको साथै कोण सभा कार्यक्रम गरेका थिए ।

कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य विनय लामाले बाम गठबन्धनको सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।