महिला जनप्रतिनिधिको नेतृत्व विकासकालागि मावन अधिकार तालिम
अछाम, २६ जेठ । जागरण नेपालको आयोजना तथा विकास साझेदार संस्था डिसिएको आर्थिक सहयोगमा महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि मानव महिला, दलित अधिकार विषयक तिन दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।
तालिममा फया नेपालमा कार्यक्रम अधिकृत पुष्प विक्रम शाहीले सहजीकरण गरिएका थिए । त्यसै गरि उत्पीडित उत्थान तथा चेतना विकास मञ्च अछामका अध्यक्ष भिम जलानाले पनि तालिमलाई सहजीकरण गरेका थिए ।
तलिमको उद्घाटन समारोहमा प्रमुख अतिथि मंगलसेन नगरपालिका उप–मेयर सरिता उपाध्य रहेका थिए ।
तालिममा वान्नीगढी जयगढ गाँउपालिका र पंचदेवल विनायक नगरपालिका सवै वडाका निर्वाचित महिला प्रतिनिधि तथा दलित महिला प्रतिनिधि र कार्यपालिका सदस्य समेत गरि ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि महिला तथा दलितको लागि राज्यले प्रदान गर्ने विशेष अधिकारको वकालत गर्न सक्षम वनाउने संस्थाको लक्ष्य रहेको जागरण नेपालका नेतृत्व विकास परियोजना संयोजक पूर्णकला राईले बताइन् ।
उनले महिला जनप्रतिनिधिले महिला तथा दलितको समस्या तथा सवालहरु प्रति गम्भिर हुन आवश्य रहेकोले उहाँहरुको क्षमता बढाउन तालिम आयोजना गरेको बताए ।
तालिममा जातिय तथा लैङ्गिक विभेदको अन्यको लागि जनप्रतिनिधिहरुले समुदाय स्तरमा वकालत गर्ने सीप प्रर्दान गरिएको थियो ।
तालिममा सहभागि जनप्रतिनिधिहरुले समुदायमा घट्दै गएको लैङ्गिक तथा जातिय विभेद न्यूनिकरण गरी विभेद मूक्त समाज निर्माणको लागि वकालत गर्ने बताए ।













