छाउगोठमै महिलाको मृत्यू, पोष्टमार्तमको लागि प्रहरीद्धारा शब उत्खनन्
धनगढी, ३० जेठ । अछामको तुर्माखाद गाउपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वती बुढाको शनिवार राति छाउपडी गोठमा मृत्यू भएको थियो । उनका आफन्तले किशोरीलाई राती सर्पले डसेर मृत्यू भएको भन्दै पोष्टमार्टम नगरी शव गाडेका थिए ।
महिनावारी भएको बेला छाउपडी गोठमा सुतेको किशोरीलाई जेठ २६ गते सर्पले डसेर मृत्यू बताएको थियो ।
तर शव पोष्टमार्तम नगरि किन गाडियो भनेर प्रहरी अनुसन्धान गरिरहेको बताउछन् जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकार । उनले कानुनी प्रक्रिया पुरा गर्न शब उत्खनन् गर्नै पर्ने बताए ।
प्राकृतिक मृत्यु वाहेकका घट्नामा अनिवार्य पोष्टमाटम गर्नुपर्ने कानुनी व्यवस्था भएका तण्डुकारले बताए । ‘घटना हुदाँ हामीलाई जानकारी भएन पछि थहाँ पायो के कस्तो हो भनि बुझ्न शव उत्खनन् गर्न लागिएको हो ।’
किशोरीकोे छाउगोठमा मृत्यू नभएर घरमै सर्पले डसेर मृत्यू भएको भनि गाउँलेको सल्लाहमा घट्ना ढाकछोप गर्न पोष्टमार्तम नगरिएको बताएको छ ।













