जागरण नेपालले पठायो कैलारी गाँउपालिकामा नमूना कानूनको प्रारम्भिक खाका
कैलाली, ३० जेठ । जागरण नेपालका नेतृत्व विकास परियोजना संयोजक पूर्णकला राईले कैलारी गाँउपालिका अध्यक्ष लाजुराज चौधरीलाई ऐनको प्रारम्भिक खाका हस्तान्तरण गरे ।
जागरण नेपालको आयोजना तथा विकास साझेदार संस्था डिसिएको आर्थिक सहयोग मामंगरबार सो गाँउपालिकामा स्वास्थ्य तथा सरसफाई र पूर्वाधार व्यवस्थापन विषयक प्रारम्भिक खाका ऐन हस्तान्तरण गरेको हो ।

उक्त ऐनमा कार्यपालिका सदस्य तथा सम्वधित शाखा प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको संयोजक राईले जानकारी दिईन् ।
कार्यक्रममा उपाअध्यक्ष लक्ष्मी सत्गौवा थारु, प्रमुख प्रशाकिय अधिकृत धर्मन्नद भट्ट, स्वास्थ्य शाखाको प्रमुख, वडा अध्यक्ष सहित कार्यपालिका सदस्य गरि २६ जनाको सहभागितामा सो कानुन हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा लाजुराज चौधरीले गाउँपालिकालाई आवश्यक कानूनको प्रारम्भिक खाका तयार गरि प्रदान गरेकोमा संस्था प्रति आभार व्यक्त गरेका थिए ।
उनले संविधानमा उल्लेखित स्वशासीत अधिकारको उपयोग गर्न स्थानीय सरकारको कानून वनाउने तथा कार्यान्वयन गर्ने अधिकारको सुनिश्चिततामा संस्थाले प्राविधिक सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरे ।
आगामी दिनमा विषय विज्ञहरु तथा सम्वन्धीत समितिहरुसँग समेत यस नमूना कानूनको खाकामा विस्तृत छलफल गरि यस कानूनलाई पूर्णता दिने अध्यक्ष चौधरीले बताए ।
नमूना ऐनको विषय वस्तु तथा खाकामा बुँदागत छलफल गरिएको थियो । उक्त खाका ऐन तयार गर्नको लागि सामुदायिक अनुसन्धान केन्द्र काठमाडौसँगको सहकार्य गरिएको आयोजकको भनाई छ ।













