मानव विकास विना भौतिक विकास असम्भवः उपाध्यक्ष सत्गौवा
धनगढी, २८ जेठ । कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा दलित, महिला र पछाडी परेको विकास विना भौतिक विकास सम्भव नहुने बताएका छन ।
दलित महिला अधिकार मञ्च नेपालले सोमबार देखि आयोजना गरेको दलित सञ्जाललाई क्षमता विकास सम्बन्धी तीन दिने तालिमको उद्घाटन समारोहमा सो कुरा बताएका हुन् ।
उनले दलित, महिला तथा सिमान्तकृत समुदायलाई स्थानीय श्रोतमा पहुचको लागि कैलारी गाउँपालिकाले सुझाव संकलन गरि नीति बनाउने जानकारी दिईन् ।

उद्घाटन कार्यक्रमको सभाअध्यक्ष दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले गाउँपालिकाको सुचनाबाट महिला, दलित तथा सिमान्तकृत समुदाय बञ्चितिकरणमा परेको बताईन् ।
उनले गाउँपालिकाको सेवा सुविधा समुदायले सहजरुपले पाउनको लागि लक्षित वर्गलाई सक्षम बनाउन तालिम आयोजना गरेको बताईन् ।
तालिममा उज्यालो महिलाको सचिव सपना सार्कीले समुदायका महिलाहरु अहिले पनि अपहेलित भएर बाँच्नु पर्ने अवस्था रहेको बताउदै गाउँ घरमा जग्रिएर रहेको कुप्रर्था निर्मूल पार्न सञ्जालमा आएको बताए ।
त्यसै गरि कैलारी गाउँपालिकामै महिला सञ्जाललाई तीन दिने क्षमता विकास सम्बन्धीे तालिम आजदेखि शुरु भएको छ ।













