राना समुदयमै पहिलो डाक्टर यज्ञवति राना

कैलाली, २७ जेठ । धनगढी उपमहानगर पालिका वडा नं. ८ धनगढी गाउँका स्थानीय डा. यज्ञवति राना रानाथारु समुदायमै पहिलो डाक्टर बनेकी छन् ।

सम्भवतः डा. राना रानाथारु समुदायकै पहिलो डाक्टरका साथै लेडी डाक्टर बन्न सफल भएकी हुन् । बंगलादेशको राजधानी ढाका स्थित कुमुदीनी महिला मेडिकल कलेजबाट एमविविएस कोर्स सकाएपछि डा। राना रानाथारु समुदायमै पहिलो डाक्टरको उपाधि भिर्न सफल भएकी हुन् ।

डा. राना प्रदेश नं. ७ का प्रदेश सभा सदस्य मलामति रानाकी साइली छोरी हुन् । पढाईमा अब्बल डा. राना सानै देखि डाक्टर बन्ने सपना बुनेकी थिईन् । अन्नतः डा. राना आफ्नो नामको अगाडी डा. राख्न सफल भएकी हुन् ।

२०५० चैत्र २८ गते जन्मेकी डा. राना धनगढी स्थित एरिष्टो स्कुलबाट आफ्नो पढाई सुरु गरेकी थिईन् । त्यसपछि एसएलसी बेबिलोन नेशनल स्कुल काठमन्डौबाट प्रथम श्रेणीमा उतीर्ण गरि इन्टर पेन्टागन इन्टरनेशनल कलेज काठमन्डौंबाट नै पास गरेकी थिईन् ।