अज्ञात समुहद्धारा सरकारी गाडीमा आगजनी

काठमाडौं, २७ जेठ । काठमाडौंको बुद्धनगर यूएन पार्क पुल नजिक आईतबार दिउँसो बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

गाडीका चालकले केही मान्छेहरु एक्कासी आएर गाडी रोकेको र पेट्रोल छर्केर आगो लगाएको बताए । गाडीमा आगो लगाएपछि उनीहरू बुद्धनगरतर्फ भागेको चालकले बताए ।

आगो लागेको करिव आधाघन्टापछि ललितपुरको जुद्ध बारुण यन्त्रको दमकलले आगो निभाए पनि गाडी पूर्ण रुपले जलेर ध्वस्त भएको छ । प्रहरीले घटनाको अध्ययन गरिरहेको जनाएको छ ।