अन्तरघात गर्नेलाई कारबार्हि गरिने : देउवा

धनगढी, २५ जेठ । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीको सदस्यता लिएर पार्टीमा अन्तरघात गर्ने नेता कार्यकर्तालाई कारबार्हि गरिने बताए ।

१३औं  राष्ट्रिय सम्मेलन पछिकोे पहिलो जिल्ला अधिवेशनलाई धनगढीमा सम्बोधन गदै सभापति देउवाले सो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले गएको प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भित्र अन्तर घात भएका कारण कांग्रेसले २० देखि ३० सिट घुमाउनु परेको बताए ।

उनले पार्टीमा अन्तरविरोध भए अन्य विभिन्न उपाय अपनाउन सकिने अवस्था हुदाँहुदै पार्टीलाई असहयोग जो कोहीलाई नछोड्ने बताए ।
देउवाले आफु संविधान कार्यान्वनका लागि तीन तहको निर्वाचन सम्पन्न गराएको जानकारी दिए । समयमा निर्वाचन नभएको भए देश ठुलो दुर्घटनामा जाने अवस्था देखिएका कारण जस्तो सुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गरेको बताए ।

सभापति देउवाले कम्नीष्युटले कहिले पनि लोकतन्त्रको रक्षा नगर्ने भएका कारण कांग्रेसले स्थानीय तह देखि नै दरो प्रतिपक्षको भुमिका निर्वाह गनुपर्ने बताए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अझै खोक्रो राष्ट्रिवादको नारा लगाउँदै नेपाली जनतालाई ढाट्दै हिडेको आरोप लगाए । उनले भारत भ्रमणका क्रममा ओलीको राष्ट्रिवाद लम्पसारवादका रुपमा परिणत भईसकेको बताए ।

सभाप्रति देउवाले ओली सरकारले बेवास्ता गरेको धनगढीको गौरीफंटा नाकालाई जसरी पनि सुचारु गर्ने बताए बताउदै नाका बन्द भएको अवस्थामा धनगढी बजारको नै भविष्य संकटमा पर्ने बताए ।

कैलालीको पहिलो जिल्ला अधिवेशन लाई केन्द्रिय नेता रमेश लेखक, ईश्वरी न्यौपाने, लगाएका नेताहरुले सम्बोधन गरेका थिए ।