नेतृत्व विकासका लागि मावन अधिकार विषयक तालिम सम्पन्न
धनगढी, २५ जेठ । महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि मावन अधिकार, महिला र दलित अधिकार विषयक तालिम सम्पन्न
जागरण नेपालको आयोजना तथा विकास साझेदार संस्था डिसिएको आर्थिक सहयोगमा कैलारी गाँउपालिका र गौरीगंगा नगरपालिकाका महिला निर्वाचित जनप्रतिनिधिहरुसँग महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि सो तालिम आयोजना गरिएको थियो ।
तीन दिने तालिम यहि जेष्ठ २० देखि २२ गते सम्म धनगढीमा आयोजना गरिएको थियो ।
तालिमको मुख्य प्रशिक्षक पुष्प विक्रम शाही रहेका थिए भने सहायक प्रशिक्षक एड्जस्ट नेपाल कैलालीको अध्यक्ष चित्रा पनेरु, जागरण नेपालका व्यवस्थापक श्री मिना विष्ट, गैसस महासंघ कैलाली उपाध्यक्ष तथा दलित महिला अधिकार मञ्च कैलालीका निर्देशक सावीत्रा घिमिरे रहेका थिए ।
तालिममा अतिथि प्रशिक्षक ईन्सेक नेपाल क्षेत्रीय संयोजक खडक राज जोशी सहजिकरण गरेका थिए ।
तालिममा कैलारी गाँउपालिका र गौरीगंगा नगरपालिका सवै वडाका निर्वाचित महिला प्रतिनिधि तथा दलित महिला प्रतिनिधि गरि जम्मा ४० जना उपस्थिति रहेको थियो ।
त्यसै गरि कार्यक्रममा साझेदारी संस्थाको विकास गर्दै दलित महिला अधिकार मञ्चको वोर्ड सदस्यको पनि सहभागिता रहेको थियो ।
तालिममा महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि महिला तथा दलितको लागि राज्यले प्रदान गर्ने विशेष अधिकारको आवश्यकता महिला तथा दलितको समस्या र सवालहरुलाई जनप्रतिनिधहरुल जातिय तथा लैङ्गिक विभेदको अन्यको लागि समुदाय स्तरमा वकालत गर्ने सीप बारे जानकारी गराइएको थियो ।
सहभागि प्रशिक्षार्थिहरुले तालिमको माध्ययमवाट समुदाय तहको नेतृत्व लिन सक्ने आत्मविश्वास बढेको बताए । उहाँहरुले आगामी दिनमा समुदायमा घट्न सक्ने लैङ्गिक तथा जातिय विभेद न्यूनिकरणको लागि आफू लागि पर्ने बताए ।
विभेद मूक्त समाज निर्माणको लागि वकालत तथा पैरवी गर्न तालिमबाट सिकेको उनीहरुको भनाई थियो ।
कार्यक्रमको समापन समारोहमा कैलारी गाँउपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले कार्यक्रममा प्रस्तुत भएको विषयवस्तु महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासको लागि अत्यन्तै व्यवहारी र महत्वपूर्ण भएको वताए ।
सहभागि प्रशिक्षार्थि तथा स्थानीय सरकारका प्रतिनिधिहरुले यस किसिमको क्षमता अभिबृद्धि सम्वन्धी तालिमहरु निरन्तरण आयोजना हुन सके महिला प्रतिनिधिको नेतृत्व स्थापीत हुने बताउदै आगामी दिनमा पनि यस किसिमको तालिमको निरन्तरता दिन आयोजक संस्था तथा दातृ निकायसंग अनुरोध गरेका थिए ।













