कैलारीमा पकेट क्षेत्र बनाएर खेतीः अध्यक्ष

धनगढी, २३ जेठ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी गाउँपालिकामा पकेट क्षेत्र बनाएर खेती भईरहेको बताएका छन ।

दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिकाका २५ जना किसानलाई तीन दिने क्षमता अभिबृद्धि तालिम उदघाटन कार्यक्रममा उहाँ गाउँपालिकाले ल्याएको नीति ‘एक घर एक करेसाबारी’ पूर्णरुपले कार्यान्वयन गर्न नसकेको पनि समुह बनाएर बेमौसी तरकारी खेती, च्याउ खेती, केरा खेती लगायतको पकेट क्षेत्र बनाएर खेती गरिरहेको बताए ।

उनले कैलारीका किसानलाई भैपरि आउने समस्या जस्तै धानबाली लाग्ने रोग, बीउ, मल सिचाईमा सहज पहुँच पुर्याउने बताए । किसानले उत्पादन गरेको बस्तु घरमा पौष्टिक आहारसंगै बजारीकरणकोलागि प्रत्येक वडामा संकलन केन्द्र स्थापना गर्न लागेको अध्यक्षले बताए ।

कैलारी गापाका किसानहरुलाई व्यवसायिकरुपले खेती गर्न आग्रह गर्दै गापाले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दलित महिला अधिकर मञ्चका कार्यक्रम संयोजक रोशा थापाले किसानहरुलाई आयाआर्जनमा बृद्धि गर्न उहाँहरुलाई सीप दिन आवश्यक रहेको बताईन् ।

उनले किसानहरुले आफ्नो खेतको माटो परिक्षण, बालीमा लाग्ने रोगबारे जानकारी, बालीलाई चाहिने मात्रमा पानी मलबारे जानकारी, जमिन अनुसारको खोति गर्ने तरिका बारे किसानलाई जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको बताईन् । कार्यक्रम तीन दिन सम्म चल्ने छ ।