भवन अभावले न्यायिक समितिको काममा असहज
धनगढी, २१ जेठ । स्थानीय तहमा गठित न्यायिक समितिमा धमाधम उजुरी आउन थाले पछि न्यायक समितिलाई भवन अभावको कारण काम गर्न असहज भईरहेको देखिन्छ ।
कैलारी गाउँपालिकामा न्यायको लागि आएका सेवाग्राहीहरुलाई सहज तरिकले न्याय दिलाउन गाउँपालिकामै इजलासको व्यवस्था गरि सिस्टम बसाल्ने योजना बुनिरहेको छ । गाउँपालिकामा उपाध्यक्षको कार्यकक्षबाटै न्यायक समितिको काम काज भईरहेकोले सेवाग्रहीहरुलाई सेवा दिन असहज भईरहेको बताउछन् कैलारी गापाका उपाध्यक्ष लक्ष्मी सत्गौवा ।
उनी गापाको बैठकमा आफूलाई काम गर्न सहज भएकोले भौतिक संरचनाको माग गरेपछि गापा ले न्यायिक समितिको लागि छुट्टै भवन निर्माण भईरहेको बताईन् । गापाका अध्यक्ष लाजुराम चौधरी अहिले निर्माणधिन उक्ता भवनमा इजलासको व्यवस्था मिलाउने जनाकारी दिए । उनका अनुसार सो भौतिक संरचना यहि असारमसान्त सम्म सम्पन्न हुने बताए ।
न्यायिक समितिलाई इजलासको जिम्मा नदिएपनि न्याय दिलाउने स्थान भएकोले न्यायको लागि आउने सेवाग्राहीले आफ्नो कुरा सहज तरिकाले राख्न पाउने वातावरण मिलाउन इजलासको सिस्टम बसाल्नु पर्ने आवश्यक रहेको अध्यक्ष चौधरीको भनाई छ । न्यायिक समितिमा स्थानीय स्तरमा हुने वादविवाद, घरेलु हिंसा, बहुविवाहा, जग्गा सम्बन्धी विवाद जस्ता देवानी प्रकृतिका मुद्धाको उजुरी आइरहेको छ । कैलारी गाउँपालिकामा २०७४ भदौमा न्यायिक समिति गठन गरिएको थियो ।
९ महिनाको अवधिमा सो न्यायिक समितिमा ५० भन्दा बढी उजुरी दर्ता भईसकेको संयोजक सत्गौवाले जानकारी दिइन् । उनले उजुरी आएको मध्ये २५ देखि ३० वटासम्म मेलमिलापबाट फैसला भएको भईसकेको बताईन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्दै छ । यो अवधिमा ५० भन्दा बढि उजुरी पर्नु कार्य सम्पादनको राम्रो सुरुवात भएको सत्गौवाको भनाई छ ।













