झुम्कावालीको भिडियो २२ गते सार्बजनिक हुने

नेपालगन्ज २१ जेठ थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ ।

झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई बधाईको ओइरो लागेको हो ।

फोन उठाउन मै व्यस्त राजकुमारले झुम्कावालीको सुटिङ पछि फोन र प्रत्यक्ष भेटेर बधाई दिने मेरो शुभचिन्तक र साथीहरु धेरै पाए उनेले भने ।

यही २२ गते झुम्कावालीको भिडियो सार्वजनिक गर्ने तयारीमा छौं गायक विश्वसागर परियारले भने । गायक परियारले गित पनि अहिलेको युवापुस्ताले मन पराउने खालको भएको हुनाले भिडियो सार्वजनिक नहुदै अडियोले हंगामा मच्चायो ।

कलाकार राजकुमारको जिउ डालले पनि झुम्कावाली बठनियासंग मिलेको हुनाले झुम्कावालीले थारु गितमा रौनकता थपिने गायक परियारले बताए ।
मोडल राजकुमारको मुख्य अभियनको झुम्कावाली एक दुई दिनभित्र आउने तयारी रहेको गायक परियारले जानकारी दिए । झुम्कावालीले यसपटकको बजारमा धमाकेदार रहने गायक परियारले बताए । रातदिन मेहनत गरेर रिलिजको तयारीमा लागेका छौं अर्का कलाकार मनोज चौधरीले भने ।

उनले झुम्कावाली बोलको गीत राम्रै सुटिङ भएको छ मिक्सीङ पनि मेहनतकासाथ गरिरहेका बताए । झुम्कावालीले मेहनत गरे अनुसारको फल पाउने आशा रहेको मोडल राजकुमारले बताए ।

अरु गीतको तुलनामा झुम्कावालीमा लगानी र दुख पनि धेरै गरेको हुनाले भिडियोले हंगामा मच्चाउने उनको दावी छ । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजराके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले मुख्य भुमिकामा खेलेका छन ।

गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको डाइरेक्सन, छायाङकन रामु चौधरीले छन् । मेकअपमा अंकित ठाकुर र गित थारु छन् । एकलैनीमा सुटिङ भैरहँदा दर्शकको घुइचो नै लागेको थियो ।