लैगिंक विभेद न्यूनिकरणका लागि महिला जनप्रतिनिधिको भूकिाका
धनगढी, २० जेठ । महिला, तथा दलित महिला जनप्रतिनिधिहरु महिलाकै सवालमा केन्द्रित भएर काम गर्न सीपको आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ ।
आइतबार धनगढीमा डिसिएको आर्थिक सहयोगमा जागरण नेपालले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई दिइरहेको तीन दिने नेतृत्व विकास तालिमको उदघाटन कार्यक्रममा सो कुरा बताइएको हो ।
कार्यक्रमको औपचारिक सत्रमा शान्तिका लागि सुशासन न जागरण नेपालका पूर्णकला राई महिला, तथा दलित महिला जनप्रतिनिधिहरुलाई सवालमै केन्द्रित रहेर वकालत गर्न तालिमको माध्यमबाट विभिन्न सीपहरुको बारेमा जानकारी दिने बताईन् ।

जनप्रतिनिधहरुले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन तालिमको आयोजना गरेको बताउदै उहाँहरुले गरिरहेको काममा आइपरेको समस्या पहिचान गरि भविष्यमा सहज कसरी बनाउने भन्ने विधिको बारेपनि जानकारी गराउन प्रशिक्षकहरुबाट अपेक्षा लिएको बताईन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै तालिमका प्रशिक्षक तथा इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले महिला जनप्रतिनिधिहरुले लैगिंक विभेद न्यूनिकरण गर्नमा अहम भूमिका रहेको बताए ।
उनले तालिम गोष्ठी जस्ता कार्यक्रममा काम गर्ने सहासको लागि पुलको काम गर्ने भएकोले आफूले सहभागिता जनाएको कार्यक्रमको महत्व बुझन आवश्यक रहेको बताउदै तालिममा सिकाईको सीप ग्रहण गर्न सबैलाई आग्रह समेत गरे ।
त्यसै गरि अर्का प्रशिक्षक पुष्पविक्रम शाहले परि आएको समस्यालाई समाधान गर्न तालिममा सिकाईएको ज्ञानलाई ग्रहण आवश्यक रहेको बताए । तीन दिनसम्म चल्ने सो तालिममा ३५ जना जनप्रतिनिधि महिलाहरुको सहभागिता रहेका छ ।













