मिचैया गाउँमा थारु समुदायको पुजा वारे बृहत छलफल
बर्दिया २० जेठ । बर्दिया ठाकुरवावा नगरपालिका वडा नं. ३ मिर्चैया गाउँमा थारु समुदायहरुको एक छलफल कार्यक्रमले विभिन्न निर्णय गरेको छ ।
मिर्चैयाका बडघर बुधराम थारुको अध्यक्षतामा बसेको छलफल कार्यक्रमले थारु समुदायको विभिन्न समयमा हुने पुजा बारे छलफल गरिएको हो । थारु समुदायमा हरेक बर्ष गर्नै पर्ने पुजा वारे छलफल गरिएको मिर्चैयाका बडघर बुधराम थारुले बताए ।
प्रत्येक बर्ष एकपटक गर्ने पर्ने पुजा जस्तै हरेरी पुजा, लवाङगी पुजा, धुर्या पुजा लगायत थारु समुदायमा विभिन्न समयमा गरिने पुजावारे के कसरी गर्ने बारे छलफल गरिएको थियो । पुजाको लागि चाहिले रक्सी, रकम, सुङगुृरको बच्चा, कुखुराको व्यवस्थापन गर्ने समेत जिम्मा लगाईएको उनले बताए ।
समाजको कामका लागि सवैले एकवद्ध भएर लाग्न पर्ने आवश्यक रहेको ठाकुरवावा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले बताए । गाउँ समाजमा हुने जस्तो सुकै समस्यालाई साझा बुझाईका साथ अगाडी पढ्नुपर्ने उनले धारणा राखेका थिए ।
प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष थारुले समाजलाई अव्वल बनाउन थारु समुदाय एक भए मात्र सम्भव हुने बताए । समुदायमा भईपरि आउने समस्यालाई सवैको साथ सहयोगले पुर्ति हुन सक्ने भएको हुनाले यसमा साझा बुझाईका साथ अगाडी बढनुपर्ने उनले बताए ।
छलफल कार्यक्रमबाटै वडा नं. १, २ र ३ समुहलाई लवाङगी पुजा, ४, ५ र ६ लाई धुर्या पुजा र ७, ८ र ९ लाई हरेरी पुजा गर्ने जिम्मा लगाईएको बडघर बुधरामले बताए ।
छलफल कार्यक्रममा बर्षातको समयमा श्रमदान गरेर कुलो खन्ने विषयमा समेत छलफल भएको थियो । हरेक घरबाट एक जना कुलो सुधार गर्ने गरि आउनुपर्ने बडघर बुधरामले बताए । खेतीको समयमा पानी सहजताका लागि खुलोलाई सफा बनाउनु बबई मुहानसम्म श्रमदान गरि कुलो झार्ने सहमति भएको थियो ।
हरेक बर्ष गाउँभरिका किसान मिलेर कुलो खन्ने र नआएका किसानबाट जरिवाना (खारा) लिएर कुलभोज मनाउने चलन समेत रहेको बडघर बुधरामले बताए ।
मिर्चैया गाउँमा १ हजार ८ सय ३४ जनसंख्या रहेका छन् जसमध्ये ८ सय ७६ पुरुष र ९ सय ५८ महिला रहेका छन् । मिर्चैया गाउँमा ३ सय बढि घरधुरी रहेका छन् ।
छलफल कार्यक्रममा झरसलुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पहरी थारु, सचिव मिला प्रसाद थारु, गाउँका अगुवा पुर्व प्रधान लहानु थारु, समाजसेवी चुडामणी अर्याल, गाउँका चौकीदार कान्छा थारु लगायत स्थानियवासीको सहभागिता रहेको थियो ।













