पाल्पा बस दुर्घटनामा १२ जनाको मृत्यु (नामसहित)

गुल्मी, १८ जेठ । पाल्पा जिल्लाको हुमिनमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा शुक्रबार विहान भएको दुर्घटनामा अन्य १४ जना घाइते भएकोछन् ।

मृत्यु हुनेहरुको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको मृत्यु भएका छ ।

घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।