नीप्स धनगढीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
धनगढी, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाईटी (नीप्स) धनगढीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । रक्तदान जीवन दान भन्ने मूल नारालाई आत्मा साथ गर्दै नीप्स कैलालीले छोटो समयमै सामाजिक उत्तरदयित्व निर्वाह गर्दै रगतको अभावलाई पुर्तिगर्न सो कार्यक्रममा गरेको नीप्सका महासचिब बीर सिंह महराले जानकारी दिनु भयो ।
कार्यक्रममा नीप्सका पदाधिकारी, उद्योगी, वीमा व्यवसायी, व्यापारी, समाजसेवी गरि ७० जना भन्दा बढीको सहभागिता रहेको महासचिब महराले बताए ।
उनले सहभागि भएका मध्ये धेरैले जनाले रक्तदान गर्ने इच्छा हुदा हुदैपनि विभिन्न कारणबस डाक्टरको सल्लाह बमोजिम रक्तदान गर्न नमिलेको बताए ।
रक्तदान गर्नेमा नीप्सका महासचिब तथा सूर्या लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक वीर सिंह महरा, नीप्सका सचिब तथा नेसनल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक बेद प्रकाश जोशी, गुरास लाइफका इन्स्योरेन्सका शाखा प्रबन्धक तारा सिंह बम, सिद्धार्थ इन्स्योरेन्सका शाखा प्रबन्धक घनश्याम जोशीले रक्तदान गरेका हुन् ।
त्यसै गरी हिमालयन जर्नल इन्स्योरेन्सका शाखा प्रबन्धक धिरेन्द्र जोशी, राष्ट्रिय बीमा कम्पनीका शाखा प्रैबन्धक केशव राज पनेरु, नेपाल लाईफ, आईएमी लाईफ, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारीहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा नीप्सका अध्यक्ष सुनील श्रेष्ठ, उपाध्यक्ष गणेश प्रसाद उप्रेती, कार्यकारी सदस्य डिल्ली राज शर्मा, बोधराज ओझा, दिपक राज लेखक, नरेश ओझा लगायत सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा तीन जना महिला र २८ जना पुरुषले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम सूर्या लाईफ इन्स्योरेन्सको प्राङ्गणमा विहान ७ बजेदेखि १० बजे सम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममो सौजन्य किसान ट्रेडिङ कन्र्सन धनगढीले गरेको थियो ।













