डडेल्धुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

डडेल्धुरा १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज जिप दुर्घटना हुदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुर तर्फ गईरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाईतेको उपचारका लागी २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल ल्याइएको जानकारी प्राप्त भएको । मृतकको सनाखत हुन नसकेको जनाईएको छ । हिजोमात्रै डोटीको बोगटानमा जिप दुर्घटनामा परी चार जनाको ज्यान गएको थियो ।