डोटीमा जीप दुर्घटना ४ को मृत्यु १० घाईते
डोटी, १४ जेठ । डोटीको बोगटान गाउँपालिकामा शैलेश्वरी यातायातको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने १० जना घाईते भएका छन् ।
डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागी छुटेको शैलेश्वरी यातायातको से १ ज ७८८ नं. को जीप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना पुरुष र २ जना महिलाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया, ईन्नरी रावत रहेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिए ।
उनले एक जनाको नाम थाहाँ नभएको बताए । दुर्घटनामा परि चार जनाको मृत्यु भएको बताईएपनि पुष्टि हुन सकेको छैन । घटनाको विस्तृत विवरण लिन प्रहरी टोली घटनास्थलतर्फ गईरहेको बताईएको छ ।













