नगरपालिकाद्धारा अनलाइन सूचना प्रविधिको शुरुवात
धनगढी, १४ जेठ । सूचना तथा प्रविधि केन्द्रको आज धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन् । नगर प्रमुख वडले नगर सरकारलाई खुला र पारदर्शी बनाउन यसले सहयोग पु¥याउने बताए ।
उनले नगरका जनप्रतिनिधि र कर्मचारीहरुलाई बढी भन्दाबढी सूचना प्रविधिको प्रयोग गरेर स्थानीय सरकार र नागरिक बिच रचनात्कम सहकार्य गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिए ।
सूचना तथा प्रविधि केन्दमा नगरको बजेट, कार्यक्रम, निर्णय लगायतका सबै गतिविधीहरु राखिने छन् । उप–महानगरपालिकाका गतिविधीहरु नागरिक समक्ष पु¥याउने उदेश्यले तयार पारिएको छ ।
सेसी, ग्राम विकास तथा अनुसन्धान केन्द्रका बिनोद उपाध्यायले सूचना तथा प्रविधि केन्द्रको ओपन डाटा पोर्टलको अवधारणबारे जानकारी दिए । उनले खुला सरकार, प्रविधिमैत्री सूचना सेवा प्रवाह गर्न सक्ने बताए ।
यसलाई समुदाय सम्म जोड्न सामुदायीक सूचना प्रविधि केन्द्रको स्थापना गरिएको छ भने अन्तरक्रियात्मक नगर खुल्ला तथ्याङ्ग पोर्टल तयार गरिएको छ ।
यस केन्द्रमा खुला नीति, बजेट, कार्यक्रम निर्णय, नगरपालिकाको प्रोफाईल, भित्रमा पूर्वाधार सेवा केन्द्र, भू नक्साङ्कन, मानव श्रोत, सामुुदायीक सन्देश प्रणाली, जनता संग जनप्रतिनिधि र भिडियो राखिएको सूचना प्रविधि अधिकृत सुरेश चन्दले बताए । सूचना तथा प्रविधि केन्द्र स्थापनामा ग्राम विकास तथा प्रविधी केन्द्रको सहकार्य रहेको उक्त संस्थाका अध्यक्ष दिर्घराज उपाध्यायले बताए ।
धनगढी उपमहानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले सबैलाई सूचना प्रविधी मैत्री हुन आग्रह गरिन । लोकतन्त्र भनेको नै खुला समाजको निर्माण हो उप–प्रमुख भट्टले भनिन्,‘सूचना प्रविधी केन्द्रले हाम्रो नगरका गतिनिधीहरुलाई खुला बनाउने छ । उनले,आफुहरु अहिले पनि सूचना प्रविधीको पूर्णज्ञान नभएको बताईन ।
कैलालीको कैलारी नगरपालीकाका अध्यक्ष लाजुराम चौधरीले सूचना तथा प्रविधी केन्द्र निर्माण भएसंगै सूचनामा नागरिकको सहज पहुँच हुने बताए । उनले भने,‘यसको प्रयोग गर्नसकेमा सुशासनको विकास हुन्छ ।













