लुटपाट गरेको आशंकामा पक्राउ परेका दुबै जना रिहा
धनगढी, १४ जेठ । प्रहरीले लुटपाट र गोलीकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको दुईजनालाई दिनभरीको अनुसन्धानपछि आईतवार राति रिहा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले आवश्यकता परेको बेला हाजिर हुने गरी उनीहरुलाई छोडेको बताए ।
उनीहरुबाट बरामद गरेको रकम लुटिएको हो होइन बारे पुष्टि अझै हुन नसकोले छोड़एको तर विभिन्न कोणबाट अनुसन्धान जारी भईरहेको घिमिरेले जानकारी दिए । बरामद गरेको नौ लाख रुपैया भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।













