थारु पत्रकारको केन्द्रीय बैठक अमलटारीमा सम्पन्न, राष्ट्रिय भेला दाङमा हुने निर्णय

धनगढी, १३ जेठ । थारु पत्रकार संघको केन्द्रीय बैठक यहि जेठ ११ र १२ गते नवलपरासीको अमलटारी होमस्टेमा मा सम्पन्न भएको छ ।

कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । संघका केन्द्रीय अध्यक्ष मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ । सचिवालयमा अध्यक्ष चौधरी, महासचिव किशोर चौधरी, कोषाध्यक्ष प्रतीमा चौधरी र केन्द्रीय सदस्यद्वय सहदेव चौधरी र बुनु थारु रहेका छन् ।

त्यसै गरि बैठकले विभिन्न विभाग पनि गठन गरेको छ । जसमा छापा विभागमा सन्तोष दहित, रेडियोरटेलिभिजन विभागमा संजय चौधरी, अनलाइन विभागमा सहदेव चौधरी, महिला विभागमा उन्नती चौधरी, विदेश विभागमा सन्तकुमार चौधरी, संगठन विभागमा किशोर चौधरी र आर्थिक विभागमा प्रतीमा चौधरी रहेका छन् । बैठकमा १४ जिल्लाको थारु पत्रकारहरुको सहभागिता रहेको थियो ।