कार्कीमाथि गोली प्रहार, आइएमीको ९ लाख ५० हजार लुटियो
धनगढी, १३ जेठ । धनगढीको सिद्धार्थ बैंकबाट विहान १० बजे ९ लाख ५० हजार रुपैया नजिकै रहेको आईएमीमा लैजादै गर्दा ३७ वर्षिय निर्मल कार्की माथि गोली प्रहार भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने कार्कीलाई पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो ।
गोली प्रहर भएलगतै घटना संग्लन रहेको आशंकामा प्रहरीले गेटाबाट दुई जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना भएपछि अहिले भारतसँग सीमा नाका जोडिएका स्थानलाई सिल गरेर गोली हान्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता हरी बहादुर वलीले बताए । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको बताए ।
गोली लागेर घाईते कार्कीलाई गोलि प्रहार लगतै सेती अञ्चल अस्पताल पुर्याईएको थियो । कार्कीको दाहिने पाखुरामा लागेको गोली सेती अञ्चल अस्पतालमा अप्ररेशन गरेर निकालिएको छ ।

उपचार पछि उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । विगत ७ बर्ष देखि आईएमीमा काम गदै आएको कार्कीले बताए ।
उनलाई बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कार्कीको दाहिने पाखुरामा गोली लागेको थियो र झर्रा छाती भित्र पसेको उपचारमा संग्लन सेती अञ्चल अस्पतालका चिकित्सक सर्जन सुरेन्द्र वस्नेतले बताए । उनले छातीमा खासै असर नदेखिएको बताए ।













