सात दिन भित्र यातायात व्यवस्थित गर्न मुख्यमन्त्री भट्टको निर्देशन
धनगढी, १३ जेठ । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले हेलो सिएम कार्यक्रम सुरु गरेपछि यातायात व्यवस्थापन बारे सर्बसाधारणहरुको जनगुनासो बढेको छ ।
प्रदेश नं. ७ का प्रमुख शहरहरुमा अव्यवस्थित रहेको यातायात व्यवस्थापनको जनगुनासो लाई मध्ये नजर गर्दै मुख्यमन्त्री भट्टले सो निर्देशन दिएका हुन् ।
भौतिकपूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको सहभागितामा मुख्यमन्त्री भट्ट र कैलालीका प्रमुख जिल्ला अधिकारी यातायात निकाय बीच छलफल भएको हो । सात दिन भित्र यातायात व्यवस्था चुस्त पार्न यातायात निकायका प्रमुखहरुलाई कडा निर्देशन दिएका थिए ।













