संक्रमणकालीन न्यायको लागि दलहरुको प्रतिवद्धता

धनगढी, १३ जेठ । संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानको लागि कैलाली जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।

महिला कानून र विकास मञ्चको आयोजना तथा इन्टरनेश्नल अलर्टको सहयोगमा शुक्रबार धनगढीमा आयोजित संवाद कार्यक्रममा राजनीतिक दलले समाधानको लागि प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले संक्रमणकालीन अवस्था अन्त्यको लागि पार्टीभित्र छलफल थालिने प्रतिवद्धता जनाएका थिए । तत्कालीन विद्रोही पार्टी वर्तमान सरकारमा रहेकोले उक्त दल तथा समग्रमा सरकार नै गम्भीर भएर समस्या समाधान गर्नुपर्ने सहभागीहरुको जोड थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता मदन रेग्मी, नेपाली काँग्रेसका प्रकाम बम, संघीय समाजवादी फोरम नेपालका गयाप्रसाद कुश्मी, राप्रपाका छत्र शाही, नेमकिपाकी नेतृ लक्ष्मी पौडेललगायत दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका थिए ।

द्वन्द्व पीडित साझा चौतारीका जिल्ला अध्यक्ष गणेश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन महिला कानून र विकास मञ्चकी जिल्ला संयोजक डा। जानकी तुलाधरले गरेकी थिइन् ।

एको कार्यक्रमको सहजीकरण तथा सञ्चालन महिला कानून र विकास मञ्चकी जिल्ला संयोजक डा। जानकी तुलाधरले गरेकी थिइन् ।