कुखुरा पालन तालिम शुरु

धनगढी, ९ जेठ । दलित महिला अधिकार मञ्च कैलालीले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा ३ दिने कुखुरा पालन तालिम सञ्चालन गरेको ।

मञ्चले दलित महिला तथा पछाडी परेको वर्गलाई आर्थिकरुपमा सशक्त बनाउन कुखुरा वितरण गर्ने कार्यक्रम रहेकोले उनीहरुलाई कुखुरा पालनको तालिम दिन लागेको हो ।

कैलारी गाउँ पालिकाको १,२,३,४ र ८ वडामा दलित महिला तथा सिमान्तकृत वर्गको समुह निर्माण गरि प्रत्येक समुहबाट ९ जनालाई जनही २० वटा कुखुरा वितरण गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी गौरीगंगा नगरपालिकाको १० र ११ मा पनि सो कुखुरा वितरण गर्ने कार्यक्रम रहेको छ ।

कुखुरा पालनको लागि पाल्ने विधि अग्रिम जानकारी होस् भन्ने उदेश्यले उनीहरुलाई तालिम दिईरहेको बताउछन् दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्र घिमिरे ।

उनले दलित महिलाहरुलाई आर्थिकरुपले शसक्त बनाउन व्यवसायीकरुपले नै कुखुरा पालन गर्न सकिाउने उद्देश्य रहेको बताइन् ।
उनले कुखुराबाट आर्थिक कमाउने मात्र नभएर व्याक्तिगत स्वास्थ्यको लागि पौष्टिक अहारमा पनि फाईदा हुने भएकोले यस्तो व्यवसायी गर्न उनीहरुलाई उत्साहित बनाउने बताईन् ।

उनले कुखुरा पालन गर्दा समय थोरै लाग्ने, छिटो अम्दानी गर्न सक्ने, कुखुराको दिशाबाट मल उत्पादन गर्न सक्ने जस्ता फाईदा भएकोले तालिममा सहभागि भएकाहरुलाई आर्थिकरुपमा सुधार ल्याउने हिसाबले व्यवसायी शुरु गर्न आग्रह समेत गरिन् ।