गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
धनगढी, ९ जेठ । संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल” र प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्ट बीच आज विहान भेटवार्ता भएको छ ।
मुख्यमन्त्री निवासमा विहान ७ बजे गृहमन्त्री बादल र मुख्यमन्त्री भट्ट बीच भएको भेटवार्तामा द्धिपक्षिय हितका बारेमा छलफल भएको हो ।
छलफलका क्रममा प्रदेश सरकारको सुरक्षा अबस्था, सिमा सुरक्षा, दार्चुलाको तिंकर स्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षा पोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकार बीचको आबश्यक समन्वयका बारेमा छलफल भएको छ ।
तिंकर नाकामा ६ महिनामात्र सुरक्षा पोष्ट राख्ने गरिएको छ । भारतसंग जोडिएका प्रदेश नं.७ का सबै सिमा क्षेत्रका भूगोलहरुमा सुरक्षा चेक पोष्ट राख्ने बिषयमा समेत छलफल भएको छ ।
छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अबस्था सम्वन्धमा चासो राख्नुका साथै सिमा क्षेत्र र तिंकर नाकामा सुरक्षा पोष्ट राख्ने बिषयमा सकारात्मक प्रतिकृया दिनु भएको छ ।
प्रदेश नं.७ को अस्थायी मुकाम धनगढीमा प्रदेश स्तरिय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री बादल मंगलबार धनगढी पुगेका हुन् । बुधबार विहान ९ बजेदेखी धनगढी स्थित शुभ श्री प्यालेसमा प्रदेश स्तरिय सुरक्षा गोष्ठि संचालन भईरहेको छ ।
सुरक्षा गोष्ठीमा प्रदेश नंं.७ का आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।
प्रदेश नं.७ को सुरक्षा अबस्था थप मजबुत पार्ने उदेश्यले प्रदेश स्तरिय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्राईले बताए ।
प्रेस संयोजक भट्राईका अनुसार गृहमन्त्री बादलको योजना अनुसार सातवटै प्रदेशमा प्रदेश स्तरिय सुरक्षा गोष्ठिको आयोजना गरिएको हो । सुरक्षा गोष्ठि गरिएको प्रदेश नं.७ छैटौ स्थान रहेको र अब प्रदेश नं.१ म गरिने भएको छ ।
गोष्ठीमा गृहमन्त्री बादलले समग्र प्रदेशको सुरक्षा अबस्थाको जानकारी लिई प्रदेशको सुरक्षा अबस्था थप मजबुत पार्न सुरक्षा निकायलाई दिर्नेशन दिईने बताईको छ ।













