वैदेशिक रोजगारीबाट फर्केका महिला : ‘यौन शोषण भएको महशुस हुन्छ’
कैलाली, ९ जेठ । गरिबीका कारण कैलाली लम्की–चुहा नगरपालिका–३ बलचौरका बादी समुदायका अधिकांश महिला वैदेशिक रोजगारीमा छन् । बलचौरमा २ सय भन्दा बढि घर परिवार भएका बादी समुदायमा पुरुष घर स्याहार्ने र महिला वैदेशिक रोजगारीमा जाने क्रम हाबी भईसकेको छ ।
जंगलको किनारमा स–साना झुपडी बनाएर बसेको सो बस्तीमा बर्खाकोबेला पानी चुहिने, हिँउदको बेला शित लहरले कठङ्गिने बाध्यताको अत्यको लागि पैसा कमाउन विदेश जने बताउछन् (३०) वर्षिया बादी महिला ।
उनी दुधे बालकलाई श्रीमानको जिम्मा लगाई तीन बर्ष अगाडी दलालको ललाई फलाईमा भारतको बाटो भएर वैदेशिक रोजगारीमा गएको बताउछिन् ।
उनलाई आफूले विदेश पठाउने व्याक्तिको नाम समेत थाहाँ छैन । शुरुमा उतैको ८० रुपैया तलब हुन्छ काम घर भित्रको मात्रै गर्नुपर्ने भनेपछि आफू विदेश गएर धेरै पैसा कमाउने समना दिउसै देख्ना लागेको बताउछन् ।
भारतको बाटो भएर कुबेत पुगेकी थिइन । नेपालको श्रमस्वीकृति विना अवैधढंगले दलालमार्फत विदेश पुगेकी उनीसंग काम गर्दाको मासिक तलब, काम गर्ने समय र पाउने सुविधाबारे केही पनि लिखित सहमति भएको थिएन ।
‘पठाउनेबेला यहाँको जस्तैे काम हुन्छ, पैसा धेरै पाइन्छ, सुत्ने कोठामा एलसीडी, फोनको व्यवस्था हुन्छ भनेर कञ्चनपुरकी चम्फा थापा दिदीले भनेकि थिइन् ।’
सधै आर्थिक अभावमा बाँचेकी उनी कुबेत उड्न पाएर मख्ख परेकि थिईन् । तर उनको पीडा कुबेत पुगेपछि शुरु भयो ।
समयमा खाना पकाउने, घर सरसफाई गर्ने, लुगाकपडा धुने लगायत घरेलु कामदारको रुपमा उनको दैनिकी सुरु भयो । जुन देशमा जानुपर्ने हो, जानुअघि त्यस देशको भाषा, चालचलन, कानून, धर्मसंस्कृति, प्रणालीको बारेमा जानकारी नहुदा आफुले एक बर्षसम्म नसोचेको दुःख पाएको उनले बताइन ।
उनले भनिन् –‘कुबेतमा जे पनि हुन्छ, मालकिनीको डरले मालिक चुपगुपमा मालिस गर्न अलाउने, मालिकले आफ्नो शरिरको विभिन्न भाग मुसार्दा समेत सहेर बस्नु पर्ने, बोलौं माल्किनीको कुटाई, नबोलौं मालिको शोषण । हामी नेपाली महिलालाई घिन लाग्दा काम समेत गर्नुपर्छ ।’
विदेशमा मालिकले भने अनुसार काम नगरे गाली गर्छन् । ‘उनीहरु भन्छन् तिमीलाई हामी किनेर ल्याएका छौं, हामीले भनेको मान्नुपर्छ ।’ उनीहरुके व्यवहारले आफूलाई यौन शोषणमा परेको महशुस हुन्छ तर हाम्रो तर्फबाट बोलिदिने केही हुदैनन, उनले आँशु झार्दै भनिन् ।
मालिकाको छोरा रक्सी खाएर राती घर आउने, १२–१ बजेसम्म रक्सीले माटिएको छोराको अर्ति उपदेश सहनुपर्ने । विहान फेरी उही समयमै आफ्नो दैनिकी शुरु गर्नुपर्ने पीडा उनले सुनाईन् ।
एक बर्षसम्म जसोतसो काम गरेपनि मालकिनी र उसको छोराको व्यवहारले त्यहाँ बस्ना नसकी भाग्नु परेको उनले बताइन । काम गरेको तीन–चार महिनाको तलब पाउनु त कहाँ हो, झन नेपाल फर्किना लाग्दा आफुसंग भएको कुवेतको एक सय साठी रुपैया पनि मालिकाले खोस्यो ।
मालिकको घरबाट भागेर नेपाली दुताबास पुग्दापनि आफुलाई त्यहाँ सहयोग नगरी उल्टै उस्कै घर पुगाएको उनले दुःख पोखिन । दोस्रो पटक भागेर एयरपोर्ट पुग्दा नेपाल फर्किरहेकी एक चौधरी समुदायकी महिलाको सहयोगमा घर पुग्ना सफल भएको उनी बताउछिन ।
उनको विदेश जानु अघि बुनेको सपना घर फर्किदा सम्म केही परिवर्तन भएन । आफूले दुःख गरेर कमाएको पैसाले श्रीमान रक्सी खाएर सकिदिएको दुखेसो पोखिन् ।
उनी फेरी ओमन गइन । त्यहाँ पुग्दा एकजना बच्चा र घर स्हार्ने काम मात्र रहेको बताइन । ‘घरमालिक–मालकिनी जागिरे थिए खानपिन गरेर उनीहरु आफिस जान्थे, बच्चा स्हार्ने घरको रेखदेख गर्ने काम राम्रै थियो ।’ तीन महिनासम्म राम्ररी काम गरियो पछि त्यहाँ पनि उस्तै समस्याले १ वर्षमै नेपाल फर्किए ।
लम्की–चुहा नगरपालिका–३ बलचौरकै ३६ बर्षिय (नाम परिवर्तित) देवी र २५ बर्षिय मिनाकोे समस्या पनि उस्टै छ । वैदेशिक रोजगारीमा रहेर ३ बर्ष कुवेत बसेर भर्खर अघि घर फर्किएकी उनी वैदेशिक रोजगारीमा सहनै नक्ने पीडा सहनुपर्ने बताइन् ।
भारतको श्रीलंकाबाट नेपाली चेलीमार्फत कुवेत पुग्दा आफूले त्यहाँको आरेविक भाषा, चाल–चलन र रितिसंस्कृति नबुझदा अनेकन पीर कष्ट भोग्नु परेको बताइन । एउटा काम विग्रदा दशलाट र बात खानुपर्छ ।
तीन बर्षसम्म गर्न नहुने काम समेत गर्नु परेको पीडा सुनाउदै अब कहिल्यै विदेश नजाने निधो गरिन उनी । तीन बर्षसम्म काम गर्दापनि कुबेतको मासिक ८० रुपिया भन्दा बढी पाइएन । विहान ४ बजेदेखि राती १२ बजेसम्म कामसंगै मालिकको लात र बात सहनुपर्ने पर्छ । मालिकको व्यवहारले आफूलाई श्रमशोषण भन्दा यौन शोषण भएको महशुस हुदा बढि पीडा हुने उनको दुखेसो थियो ।
त्यसतै मिना पनि आफूलाई शोषण भएको महशुस भएपछि एक बर्ष भन्दा बढि टिक्ना नसकी विदेशबाट भागेर नेपाल फर्केको कहानी सुनाइन् । दैनिक आठ घण्टा काम गराउने सहमति भएपनि १५–१६ घण्टा सम्म काम गरेरपनि तलब ८० रुपैया मात्र ।
वादी समदायका प्रायजसो महिला वैदेशिक रोजगारको लागि भारतिय बाटोे प्रयोग गर्ने र उहीबाट दलालको चंगुलमा परी खाडी मुलुक पुग्ने गरेका छन । अनुसार बलचौरका १२ जना महिला अहिलेपनि बैदेशिक रोजगारीका लागि खाडीमुलकमा छन ।
उनी तालिम र सिप विना विदेश जाने सपना सकार नहुने बताउदै त्यहाँको भाषा, संस्कृतिबारे थाहाँ नपाउदा धेरै समस्या भोग्नुपर्ने बताईन् । उनले वैदेशिक रोजगारीमा जाने महिला चलाखो हुनु आवश्यक रहेको बताईन् ।
आफूले मालिक र त्यस घरपरिवारको व्यवहार सहन नसकी दुई पटक भाग्ने प्रयास गरेको उनले सुनाउदै भनिन् ‘भारतको बाटो भएर वैदेशिक रोगजारमा जाने महिला शारीरिक अशक्त, विदेशबाटै बच्चा बोकेर फर्किने, गर्भवती अवस्था, मानसिक विक्षिप्त अवस्था र गर्भपतन गरेरको अवास्थामा धेरै महिला एयरपोर्टमा भेटिने गरेको बताईन् । कैलालीमा धेरै महिला दलालको चांगुलमा फसि अबैधानिक तरिकाले विैदेशिक रोजगारीमा गईरहेका छन् । उनीहरु बैधानिक तरिकाले जानेको भन्दा बढि नै दुःख खेप्नु परेको बताउछन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेको सुरक्षित आप्रावसन सूचना तथा परमर्श केन्द्रकी परामर्शकता लक्ष्मी चौधरीले यो बर्ष जिल्ला प्रशासन कार्यालय बाट ६८ जना दलित महिला वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाएका छन ।
धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा नगरपालिका, गोदवरी नगरपालिका, गौरीगंगा नगरपालिकाबाट बढी दलित महिला पासपोर्ट लिएको केन्द्रकी परामर्शदाता चौधरीले बताइन ।
आर्थिक अवस्था कम्जोर रहेका, श्रीमानले दोस्रंो विवाह गरेका, घरपरिवारबाट अपहेलिट भएको दलित महिला पासपोर्ट बनाउन आएको उनले बताइन । कैलालीमा वैदेशिक रोजगारीबाट ठगिएको समस्या लिएर निवेदन दिनेहरूको संख्या हाल सम्म २ सय ६१ छ । आ.व २०७४÷०७५ मा मात्र विभिन्न समस्यामा परी ४५ जनाले निवेदन दिएकोमा १७ वटा सफल भएको र २८ वटा प्रक्रियामा रहको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता चौधरी बताइन ।
आप्रवासन सूचना तथा परामर्श केन्द्रको तथ्याङक अनुसार कैलालीबाट आर्थिक बर्ष २०७४÷०७५ को अहिलेसम्म ५ हजार ३ सय ८९ जना विदेश जानको लागि पासपोर्ट बनाएका छन । जसमा पुरुष ४ हजार ६ सय ४६ र ७ सय ४३ जना महिला छन् ।
त्यस्तै आ.बा.०७३÷२०७४ मा ५ हजार ६ सय ३६ जना मध्ये ५ हजार ४१ पुरुष र ५ सय ९६ महिला छन् । हालसम्म कैलालीबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि ३५ हजार जना विदेशमा छन् ।
सरकारले खाडी मुलुक तथा मलेसियामा वैदेशिक रोजगारका लागि मलेसिया र खाडीका साउदी अरब, कतार, ओमन, बहराइन, संयुक्त अरब इमिरात (युएई) र कुवेत गरि सात देशमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरेको छ । तर, अझैं पनि वैदेशिक रोजगारमा पठाउँदा म्यानपावर कम्पनी÷दलालले प्रतिव्यक्ति ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
‘यी मुलुकमा नेपाली कामदार जाँदा एक रूपैयाँ पनि लाग्दैन’ सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक पञ्चराम चौधरी भन्छनु– रोजगारदाता कम्पनीले सेवा शुल्कवापतको खर्च नदिने भएमात्र १० हजार रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।
मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागमा ३० लाख रूपैयाँ धरौटी राखेर दर्ता गर्नुपर्छ । दर्ता गरेको एजेन्सीको सिफारिसमा दुई लाख धरौटी राखेर विभागबाट अनुमति लिएका व्यक्तिले मात्र एजेन्टका रूपमा काम गर्न पाउँछन् । तर कैलालीमा वैधानिक एजेन्ट १३ वटा छन् । त्यसमा तीन वटा कार्वाहीमा परेका छन ।
वैदेशिक रोगजारमा जानेहरु ठगिनुबाट बाँच्नु भनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को उपदफा २ (थ) मा रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्यांक संकलन, प्रशोधन र सुचना प्रणालीके स्थापना गर्ने, स्थानीय स्तरमा रहेका स्वदेशी तथा बिदेशी श्रमिकको लगत संकलन तथा सुचना ब्यवस्थापन, रोजगार सुचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन, वैदेशिक रोजगारीमा जैना श्रमशक्तिकोे लागि वित्तीय शाक्षरता र सीपमुलक तालिमको सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएको व्यक्तिहरुको सामाजिक पुनः एकिकरण, वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने भनेको छ ।
आप्रवासी कामदार हकहिक संरक्षण केन्द्र, कैलालीका अध्यक्ष नारायण बहादुर विक पढेलेखेका र सीप सिकेका युवाहरूलाई समेत आकर्षक तलब र राम्रो काम दिने आश्वासनमा दलालको फन्डामा परिरहेको बताउछन् ।
विकको अनुभवमा नेपाली कामदार विदेशमा ठगिनुमा रोजगारदाता कम्पनी अथवा मेनपावर कम्पनी मात्रै जिम्मेवार नभएर वैदेशिक रोजगारमा लामो समय विताइसकेका कतिपय नेपाली समेत जिम्मेवार रहेका छन् । ‘भरखरै मलेसिया गएका कामदारलाई अवैध बनाउनेहरू नेपाली नै हुने गरेका छन्’ उनले सुरक्षित आप्रवासनका लागि सरकारले अझ बढी प्रयास गर्नुपर्ने बताए ।
माइती नेपाल, कैलालीका संयोजक शिवचरण चौधरी भारतको बाटो भएर विदेश जाने महिलाको संख्यमा बृद्धि भएको बताए । उनको अनुसार आ.ब. २०७३/०७४ मा ८६ जना महिलालाई सिमानाकाबाट उद्धार गरि फर्काइएको र चालु आ.ब २०७४/०७४ अहिलेसम्म ७५ जनामहिलाई उद्धार गरी फर्काइएको छ । पहिले भारतमा जाने त्यसपछि त्यहीबाट दलालमार्फत विदेश जाने गरेको तथ्याङक खुलेको बताए ।
सञ्चार प्रतिष्ठान नेपालले सामी÷हेल्भेटासको आर्थिक सहयोगमा वैदेशिक रोजगारीको लागि खाडी मुलुक, मलेसिया, कुवेत आदिमा रोजगारी गरेर फर्केका व्यक्तिहरूलाई सहजकर्ताको भूमिका दिएर यिनिहरूमार्फत वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई परामर्श दिने काम भइरहेको सुरक्षित आप्रवासन, विद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले बताए ।













