नीति तथा कार्यक्रममा सरकारले वेवास्ता ग¥र्यो : उपेन्द्र यादव

धनगढी, ८ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउँदा सरकारले आफुहरुलाई उपेक्षा गरेको बताएका छन् ।

धनगढीमा आज (मंगलबार) संघीय प्रेस फोरम नेपालले आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘सरकारलाई हाम्रो समर्थन छ । हिजो नीति तथा कार्यक्रम ल्याइयो, यसलाई हामी सकारात्मक रुपमा लिएका छौ । तथापि सरकारले मुलुकको नीति निर्माण गर्दा सहयोगी दलको पनि आवश्यकता महसुस गर्नुपर्छ । तर त्यो गरिएन ।’

साथै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै महत्वकांक्षी रहेको पनि बताए । त्यस्तै अध्यक्ष यादवले मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघात्मक शासन प्रमाणीमा गएपनि अझै केन्द्रीयकृत अवस्थामै रहेको टिप्पणी गरे ।

‘मुलुकमा तीन तहको सरकार आयो । तर प्रदेश सरकारलाई एकदमै कमजोर बनाइएको छ’, उनले अगाडी भने–‘प्रदेश तहको प्रशासनिक निकाय, सुरक्षालगायत संरचना अझैपनि प्रदेश मातहत आइसकेका छैनन् । सरकार जस्तो त देखिन्छ, तर अधिकार केहि छैन । यहि अवस्थामा मुलुक रहि रहना सक्दैन । त्यसको लागि संविधान संशोधन जरुरी छ ।’

आदिवासी जनजाति, मुलस्लिम, अल्पसंख्यकलगायत समुदायको हक अधिकार स्थापित गर्न पनि संविधान संशोधन जरुरी रहेको उनको भनाई थियो । संशोधन भएको अवस्थामा सरकारमा सहभागी भै सहयोग गर्न सकिनेमा उनले जोड दिए ।

त्यस्तै, राजपा र फोरमको संयुक्त सरकार रहेको प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउत मोदी भ्रमणताका निकै विवादित बने नि भन्ने पत्रकारको जिज्ञासामा उनले त्यसमा सबै दोष केन्द्र सरकारकै रहेको दाबी गरे ।

‘गल्ती जति केन्द्र सरकारले गर्ने, अहिले प्रदेश सरकारको थाप्लोमा हाल्न मिल्छ रु’, उनले प्रति पश्न गरे–‘परराष्ट्र मन्त्रालयले झण्डा आफै टाँग्ने, झण्डामुनि उभिएर पत्रकारको सामुने प्रधानमन्त्रीले भाषण गर्नुभयो, त्यसको दायित्व केन्द्र सरकारले लिनुपर्छ कि पर्दैन ।’
त्यस्तै, उनले मोदी भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले गाईजात्रा नै गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री ज्यू कहिले काँहि अति नै राष्ट्रवादी देखिनु हुन्छ । हामीलाई अचम्म लाग्यो । उहाँ दाउरा सुरुवाल छोडेर राजस्थानको पोशाक लगाएर मोदीलाई स्वागत गर्न जानुभयो’, उनले भने ।