पर्यटन प्रर्वद्धनमा थारु कला संस्कृतिको स्थान
धनगढी, ७ जेठ । प्रदेश नं. ७ मा कैलाली र कञ्चनपुर जिल्लामा थारु समुदायको बसोबास छ । यो समुदायसंग आफ्नै हातले बुनेको विभिन्न खाले कलात्मक सामाग्रीहरु सुरक्षित छन् ।
त्यस्ता सामाग्रीलाई बजारीकरण गर्न सके पर्यटकहरुलाई लोभ्याउने राम्रो साधान बन्न सक्छ । यसै सोचमा कैलालीको टीकापुर नगरपालिका ३ घिया गाउँका रामरति चौधरी आफ्नो योजना लाई सफल बनाएकी छिन् ।
उनी भनिन्छ्–‘कैलालीमा टीकापुर पार्क पर्यटकीय क्षेत्रमा चर्चित भएको ठाउँ हो । यो क्षेत्रको अवलोकन गर्न टाढा टाढाबाट पर्यटकहरु आउछन् । तिनीहरुलाई नै मध्यनजर गरि थारु समुदायको कलात्मक सामाग्री संकलन गरि टीकापुर गिफ्ट सेन्टर सञ्चालन गरेका छौं ।’
उनी थपिन् ‘नेपाल प्राकृतिक रुपले पर्यटकीय क्षेत्रमा धनी छ । यसको संरक्षण गर्नै पर्छ । त्यो संगै हामीसंग भएको गर–गहनाको पनि संरक्षण गर्नुपर्छ ।’

dav
नेपालमा बेरोजगारीको संख्या दिनदिनै बढ्दै गएको खबर सुन्नु परेको अवस्थामा हामीसंग भएको सीपको सदुपयोग गरे पर्यटक भित्रिइने काम मात्रै होईन आर्थिक रुपले पनि सवल बन्न सक्छौं रामरति भन्छिन् ।
उनी भन्छिन् ‘थारु समुदायका महिलाहरुमा राम्रो सीप छ, उहाँहरुलाई थोरै गाइड गरे राम्रो–राम्रो ढकिया, देलुवा, बिरा बनाउन (घरायसी प्रयोजनको लागि घाँसबाट बनेको सामाग्री) सक्छन् ।’ जुन सामाग्री प्रयोग पनि हुने र पछि गएर कुहाउन नि सजिलो हुने । तर यो तर्फ राज्यको ध्याननै नगएको हो कि ! भन्ने चिन्ता व्यक्त गरिन् ।
टीकापुर पार्कको अवलोकन गर्न आउनेको घुईचो लाग्छ, फर्किनेबेला पर्यटकहरु कैलालीलाई चिनाउने गिफ्ट खोज्ने गरेको बताउछिन् ।
हामी आफैले बुनेको ढकिया, डेलुवा लगायत कैलालीको पर्यटकीय क्षेत्रको तस्वीरलाई कपडामा आर्ट गरेर फ्रेमिङग गरेको सामाग्री पनि बेचिरहेका छौं । हामी आफूले संकलन गरेको सामाग्री पर्यटकहरुलाई पुर्याउन सकिरहेका छैनौं उनले भनिन् ।
सानैदेखि पेन्टिंगमा रुचि रहेको विन्दु चौधरी पनि टीकापुर गिफ्ट सेन्टरको पार्टनर हुन् । लुकेर रहेको सीप बाहिर ल्याउन यो गिफ्ट सेन्टरले मदत गरेको बताउदै आफूहरुलाई आर्थिक रुपले सक्षम पनि बनाइरहेको बताइन् ।

dav
उनले भनिन् थारु समुदायमा ढकिया, देलुवा, बिरा, भौका, ढक्ली, सुप्पा, पैनस्टोपी सबै लोप हुने अवस्थामा छ । सीप भएका जो केही सामाग्री बुनेर आफूहरुलाई सम्पर्क गर्न आग्रह समेत गरिन् ।
बजारमा पलास्टिकको साम्रागी किन्नु भन्दा हामीले उत्पादन गरेको सामाग्री किन्न फाईदा छ, जुन वातावरणलाई पनि असर गर्दैन ।
उनले यस्तो सामाग्रीले पर्यटकहरुलाई चिनोमा आकर्षण बढ्ने गरेको बताउदै सेन्टरमा पुराना गहना, लेहंगा, चोलिया पनि संकलन गरेर राखेको बताईन् ।
यहाँहरुले हाम्रो पुस्ताले लगाउने गर गहना र पहिरनमा फोटो पनि सुट गरुन् भन्ने उद्देश्यले यो सेन्टर सञ्चालन गरेको बताईन् ।
उनले कैलाली भ्रमण वर्ष २०७५ सञ्चालन भएको खबर पाएपछि पर्यटन प्रर्वद्धनकोलागि थारु कला संस्कृतिको जगेर्नाको लागि हस्ताकलाको विकास गर्न थारु बस्तीमै तालिमको व्यवस्थाको माग गरिन् ।

टीकापुर नगरपालिकामा यूवतीहरुलाई लक्षित गर्दै नयाँ नयाँ फेसनसंग प्रतिस्पर्धा गर्न थारु संस्कृतिलाई पनि आधुनिकिकरण गर्न सीप मूलक तालिमकोलागि प्रस्तावना पेश गरेको उनले बताईन् । पर्यटन क्षेत्रको दृष्टिकोणमा नेपाल विश्वमै चर्चित भएको सुन्न पाउने ठूलो ढोको रहेको चौधरीले भनिन् ।













