काँग्रेस संसदीय दलको नेतामा रावल

धनगढी, ६ जेठ । तिनदिनदेखि जारी काँग्रेसको बैठकले सरकार गठन भएको ठिक ३ महिनापछि आज रावललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको होे ।

संसदीय दलको नेताका लागि कैलालीको टिकापुरबाट निर्वाचित रावलसगै डडेल्धुराबाट निर्वाचत कर्ण मल्ल र डोटीबाट निर्वाचित भरत खडकाले दावी गर्दै आएका थिए ।

जसका कारण तिन महिनासम्म प्रदेश ७ को ससद प्रतिपक्ष दलको नेता विहिन थियो । अन्तत संसदीय दलको नेताका लागि दावी गर्दै आएका मल्ल र खड्का पछि हटेपछि रावलको नाममा सर्वसम्मति भएको हो ।

सरकार गठनभएको तीन महिनासम्म संसदीय दलको नेता चयन नहुदाँ अपेक्षाकृत ढंगले काग्रेसले प्रमुख प्रतिपक्षी दलको भुमिका निभाउन नसकेको आरोप लाग्दै आएको थियो । दलको नेतामा सर्वसम्मत चयनपछि रावलले प्रदेशको विकाशका लागि सत्तापक्षलाई सघाउने बताए ।

जनताको अहित हुने, विकाशमा बाधा पु¥याउने र प्रतिपक्षलाई पेलेर सरकार चलाउन खोजिएमा त्यसको कडा प्रतिवाद गर्ने समेत रावलले सरकारलाई चेतावनी दिए ।

उनले एमाले र माओवादी केन्द एक पाटी भईसकेका कारण एकै पाटी बाट प्रदेशको सभामुख र उपसभामुख बन्न नपाउँने व्यवस्था संविधानमा भएका कारण नेपाल कम्यिुष्ट पार्टीले एक जनालाई हटाउनु पर्ने नेता रावलले बताए । उनले कांग्रेसले उप सभामुखमा दावी गर्न बताए ।