१७ वर्षीय विद्यार्थीले गोली चलाउदा १० को मृत्यु, ट्रम्पले भने ‘सुरुवाति खबर राम्रो छैन’
काठमाडौं, ५ जेठ । अमेरिकाको टेक्सासको एक विद्यालयमा गोली चलेको छ । अन्धाधुन्दा गोली चलाएर १० विद्यार्थीको मृत्यू भएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएका थिए ।
घटनामा संलग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको केही समयपछि ट्वीट गर्दै आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘सुरुवाति खबर राम्रो छैन ।’
त्यसपछि ट्रम्पले अर्को ट्वीट लेखेका छन्, ‘टेक्सास भएको अपूरणीय क्षतिप्रति म दुःख व्यक्त गर्दछु । सान्टा फि विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी, यो त्रासदीपूर्ण घडीमा म सधैँ तपाईँहरुको साथमा छु ।
यसै वर्ष अमेरिकाको फ्लोरिडाको एउटा विद्यालयमा भएको गोलीकाण्डमा परि १७ विद्यार्थी तथा कर्मचारीको ज्यान गएको थियो । यो घठनापछि अमेरिकामा हतियार राख्न पाउने कानुनी प्रावधानविरद्ध व्यापक प्रदर्शन भएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले विद्यालयलाई हतियार निषेधित क्षेत्र बनाउने प्रतिवद्धता जनाएका थिए ।













