नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ‘निप्स’ गठन
धनगढी, ४ जेठ । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ‘निप्स’ धनगढी शाखा एक कार्यक्रमका बीच शुक्रबार गठन भएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी धनगढी शाखा प्रबन्धक सुनिल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यकारी समिति गठन भएको हो ।जसको उपाध्यक्षमा सानिमा लाइफ इन्योरेन्सका क्षेत्रीय प्रबन्धक गणेशप्रसाद उप्रेती, महासचिवमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एरिया शाखा प्रबन्धक वीर सिंह महरा रहेका छन् । त्यस्तै समितिको कोषाध्यक्षमा एभरेष्ट इन्स्योरेन्सका बरिष्ठ शाखा प्रबन्धक राकेशमान कर्माचार्य, सचिवमा नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक वेद प्रसाद जोशी सर्वसम्मत चयन भएका छन् ।
समितिको कार्यकारी सदस्यमा शिखर इन्स्योरेन्सका शाखा प्रबन्धक डिल्लीराज शर्मा, एसियन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक दीपकराज लेखक, प्रुडेन्सियल इन्स्योरेन्सका शाखा प्रबन्धक बोधराज ओझा र नेको इन्स्योरेन्सका शाखा प्रबन्धक नरेश ओझा रहेका छन् ।
त्यस्तै, दुई सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सदस्यमा नेश्नल इन्स्योरेन्सका शाखा प्रबन्धक एम.के. सेन र एअआइसि नेपालका शाखा प्रबन्धक पदम राना रहेका छन् ।
एम.के. सेनको अध्यक्षतामा भएको कार्यक्रममा जीवन र निर्जीवन गरी २५ वटा भन्दा बढी वीमा कम्पनीका शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन सूर्या लाइफ इन्स्योरेन्सका प्रबन्धक महराले गरेका थिए । यसैबीच निप्सको उदेश्य र रणनीतिवारे नवनिर्वाचित अध्यक्ष श्रेष्ठ र महासचिव महराले प्रकाश पारेका थिए ।













